ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमताल फुट्ने जोखिमले वातावरणमा चेतावनी दिइरहेको छ- सांसद बजगाईँ


abc news
असार २५, २०८२ बुधबार  ३ : २२ बजे

काठमाडौ २५ असार । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले हिमाली भेगमा हिमताल फुट्ने जोखिम बढिरहेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताएका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद बजगाईँले
हिमाली भेगको चुनौती र असरबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

ु२०२५ संयुक्त राष्ट्रसंघद्वारा ग्लेसियर संरक्षण वर्ष घोषणापछि, विश्वभर देखा परेको वातावरणको चेतावनी भन्न मिल्छ,ु उनले भने, ुभोटेकोशीमा आएको बाढी सम्भवतः हिमताल फुटेर आएको थियो। मितेरी पुल, सयौँ गाडीहरू र दर्जनौँ नागरिकको जीवन बगायो।ु

उनले चीन९तिब्बत०मा ठूला ड्यामहरू निर्माण गरिरहेको समाचार सार्वजनिक भएको र यसले नेपालका हिमाली भेगमा थप चुनौती थपिएको पनि बताए।

ुचीनले तिब्बतमा ड्याम निर्माण योजना बनाएको समाचारहरू छन्। जसले हिमाल तलतिरको जीवनलाई थप जोखिममा पार्नेछु उनले भने। ‍

त्यस्तै उनले प्राकृतिक विपत्तिमा परेकाहरूको उद्धारमा पनि राज्यबाटै समस्या खडा गरिएको आरोप लगाए। विभिन्न निषेधित क्षेत्रका स्थानीयलाई उपचारका लागि ल्याउन हेलिकप्टर उडान अनुमति पाउनै गाह्रो हुने भन्दै उनले नेपाली सेनाको हेलिकप्टर उडानमा अनुदानको व्यवस्था गर्न प्रस्ताव गरे।

त्यस्तै उनले पशुपतिनाथको मन्दिरमा सुरक्षा कमजोरी भएको बताए। मन्दिरमा जाँदा सांसद, मन्त्रीहरू आफ्ना हतियारधारी सुरक्षाकर्मी लिएर जानुले मन्दिरमा ठूलो सुरक्षा जोखिम थपिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com