काठमाडौ २५ असार । भारतीय प्रान्त गुजरातमा बडोदरा र आनन्द जोड्ने गम्भीरा पुल पनि भाँचिँदा गाडीहरू नदीमा खसेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार पुलमा रहेका ५ वटा सवारीसाधन नदीमा खसेका हुन्। दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने धेरै जना गम्भीर घाइते भएका छन्।
महिसागर नदीमा रहेको पुल आज बिहान गअचानक भत्किएर नदीमा खसेको हो।
घटना हुनासाथ पुगेको उद्धार टोलीले ३ जनालाई बचाए भने २ जनाको मृत्यु भएको छ।








प्रतिक्रिया दिनुहोस्