काठमाडौ २५ असार । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बाढीले बगाएको छ।
आज बिहान आएको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गङ्गा आचार्यले जानकारी दिए।
गत वर्ष मात्रुै ३५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बाढीले बगाएको छ। बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ।
ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय पैञ्युथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ।
पैञ्युथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन्। सात परिवार बाढीपहिरोको जोखिममा परेका छन्। बाढीबाट खोला किनारमा लगाइएको धानबालीमा पनि क्षति भएको छ। रासस








प्रतिक्रिया दिनुहोस्