काठमाडौ २४ असार । चिकित्सकको हड्ताल अन्त्य गराउन प्रधानमन्त्री कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।
चिकित्सकको आन्दोलनले अस्पताल बन्द हुँदा नागरिकका आधारभूत स्वास्थ्य सेवा प्रभावित हुने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मानवअधिकार आयोगमा उजुरी परेको हो।
अधिवक्ता डा। प्रेमराज सिलवालले व्यक्तिका आधारभूत मानव अधिकारमा पर्ने न्यूनतम स्वास्थ्य सेवाबाट बञ्चित गर्ने कार्य अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान तथा कानुनविपरीत भएको दाबीसहित बन्द र हड्ताल नगर्न÷नगराउन भन्दै उजुरी दिएका हुन्।
नेपालको संविधानको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक उल्लेख भएको तर चिकित्सक संघको हडतालले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ को उपभोक्ता अधिकारमाथि हस्तक्षेप र अतिक्रमण भएको निवेदनमा उल्लेख गरिएको छ।
नेपाल चिकित्सक सङ्घको आह्वामा स्वास्थ्यकर्मीहरूले आकस्मिक बाहेकका सम्पूर्ण सेवा २ दिन देखि बहिष्कार गरेर आन्दोलन गरिरहेका छन्। उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था संशोधन गर्नुपर्ने चिकित्सक सङ्घको माग छ।








प्रतिक्रिया दिनुहोस्