ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीसँगै स्पेन गएकाहरू नफर्किएको भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग


abc news

काठमाडौ २४ असार । सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसद्‍मा भ्रमपूर्ण कुरा गरिएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपा सांसद सोविता गौतमले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँग गएका मानिसहरु उतै बसेको भन्ने अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

तथ्यहीन र आपत्तिजनक विषयहरु संसदमा राख्न नहुने र प्रमाणित गरेर देखाउन चुनौति दिँदै बतौैलाले उक्त कुरा संसदको रेकर्डबाट हटाउन समेत माग गरे।

‘केही माननीयले असाध्यै भ्रामक, तथ्यहीन र आपत्तिजनक विषयहरु संसद्‍मा राख्नुभएको छ,’ उनले भने, ‘बोल्न पाउने अधिकारलाई माननीय सदस्यहरुले दुरुपयोग गर्दै सम्माननीय प्रधानमन्त्री स्पेनको अन्तर्राष्ट्रिय स्तरको संयुक्त राष्ट्रसंघ संवद्ध कार्यक्रममा सहभागी भएर फर्किसक्नुभयो। उहाँ स्पेनको कार्यक्रममा सहभागी हुँदै गर्दा केही मानिसहरु स्पेनमै बसेका छन्, वा भिजिट भिसामा गएर फर्किएका छैनन् भनेर सम्माननीय प्रधानमन्त्री लक्षित अभिव्यक्तिहरु यस गरिमामय संसद्‍मार्फत अभिव्यक्त हुने काम भयो।’

बर्तौलाले थपे, ‘यी विषय असाध्यै निराधार, भ्रामक, कपोलकल्पित र यस्तो गरिमामय संसद्‍मार्फत जिम्मेवार सांसदहरुबाट यस्तो तथ्यहीन कुराहरु गर्नेकुरा आफैँमा बेठिक छ। यस्ता तथ्यहीन र भ्रमपूर्ण विषयहरुलाई संसद्को रेकर्डबाट हटाइनुपर्छ। को मानिसहरू प्रधानमन्त्रीसँग साथमा गएर फर्किएनन् ती बोल्ने माननीयहरुले यो संसद्‍मार्फत संसद्लाई जानकारी गराइनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com