ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीमा बेपत्ताको संख्या २० पुग्यो, गोरखाका २ जना पनि सम्पर्कविहीन


abc news

काठमाडौ २४ असार । भोटेकोसी बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ। पछिल्लो ३स्५० बजेको अपडेटअनुसार गोरखाका २ जना पनि सम्पर्कबिहीन भएको जानकारी आएकाले बेपत्ताको संख्या २० पुगेको रसुवा प्रहरीले जनाएको हो।

प्रहरीका गोरखाको पालुङ्टा नगरपालिका ६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ पनि बेपत्ता भएका हुन्। यसअघि सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना सम्पर्कविहीन थिए।

नेपाली सेनाका अनुसार रसुवामा मंगलबार बिहान भोटेकोसीको आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये ५१ जना पुरुष र ४ जना महिला छन्।

यस्तै उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बाढीमा बेपत्ता छन्। यस्तै, बाढीले रसुवागढीमा १०० वटा भन्दाधेरै गाडी बगाएको छ।

यी हुन् बेपत्ता ३ प्रहरी
(प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नं। ४ बस्ने वर्ष ४२ का प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ

(जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बारा फेटा गाउँपालिका वडा नं।०१ बस्ने वर्ष २४ का प्रहरी जवान मुन्ना ठाकुर

(प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बझाङ बुंगल नगरपालिका वडा नं। ९ बस्ने वर्ष २३ का प्रहरी जवान लोकेन्द्र बोहोरा

यी हुन् बेपत्ता ११ नेपाली नागरिक
(बर्दियाका ३६ वर्षीया जिपन चौधरी

(त्यही जिल्लाका वर्ष ३५ का सन्तोष दइत

(बर्दियाकै वर्ष २५ का बुद्धिराम राम थारु

(त्यही जिल्लाका वर्ष २४ का लक्ष्मीनारायण थारु

(बर्दियाकै वर्ष ३० का सुरेश थारु

(बागलुङ घर भएका वर्ष नखुलेका नरेन्द्र वि।क।

(सिन्धुपाल्चोक घर भएका कन्टेनर डिब्बा चालक वर्ष नखुलेका फुर्वा लामा

(ठेगाना नखुलेको मिक्चर चालक गोविन्द मोक्तान

(ठेगाना नखुलेका हाइलक्स चालक लोकमान तामाङ

(गोरखाको पालुङ्टार नगरपालिका(६ का डीलबहादुर तामाङ

(गोरखाको पालुङ्टार नगरपालिका ६का धनबहादुर तामाङ

यस्तै बाढीमा ६ जना चिनियाँ नागरिक पनि हराइरहेका छन्।

(चिनियाँ पुरुष यु युए

(चिनियाँ पुरुष लि हुक्वाइङ

(चिनियाँ पुरुष नै याङ चुआन

(चिनियाँ पुरुष यु हाइ हाङ

(चिनियाँ पुरुष यु छिआओ कुई

(चिनियाँ पुरुष जोउ योङ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com