काठमाडौ २४ असार । भिजिट भिसा प्रकरणको छानबिन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आज पनि संसद् बैठक बहिष्कार गरेका छन्।
रास्वपा सांसद सोविता गौतम र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरुले उठाउँदै आएको माग पूरा नभएको भन्दै आज पनि संसद् बहिष्कार गर्ने बताएका थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लखेकमाथि छानबिन गर्नुपर्ने र उनले राजीनामा दिनुपर्ने मागसहित जेठ १३ गतेदेखि रास्वपा र राप्रपाले संसद् बहिष्कार गर्दै आएको छन्।








प्रतिक्रिया दिनुहोस्