काठमाडौ २४ असार । नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडी विशेष अदालतमा उपस्थित भएकी छन् ।
टेलिकमको बिलिङ ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले उनी लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा अहिले उनको बयान भइरहेको छ ।








प्रतिक्रिया दिनुहोस्