काठमाडौ २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ ९फाइनान्सिङ फर डेभलपमेन्ट० चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको दाबी गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो स्पेन भ्रमणको उपलब्धिबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सम्मेलनमा आफ्नो सहभागिताले नेपालको छवि उँचो हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध तथा राष्ट्रसङ्घसँगको सहकार्य अझ मजबुत बनाउन सहयोग पुगेको बताउनुभएको हो ।
प्रधानमन्त्रीले सन् २०२६ मा नेपाल अतिकम विकसित देशबाट स्तरोन्नतिमा पुग्ने तयारीमा रहेको भन्दै सहयोगको आह्वान गरेको पनि बताउनुभयो । उहाँले भ्रमणबाट वैदेशिक र राष्ट्रसङ्घसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित देशको विकासकोपक्षमा पैरवी भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सम्मेलनका अवसरमा अतिकम विकसित राष्ट्रहरूको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई जानकारी गराउनुभयो ।
उहाँले खानेपानी तथा सरसफाइ अभियानमा नेपालको सहभागिता घोषणा तथा सम्मेलनमा आयोजित विश्व ऐक्यबद्धतामा लगानी सम्मेलनमा सहभागी र सम्बोधन गरेको पनि बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्