काठमाडौ २३ असार । काभ्रेमा ग्यास लिक हुँदा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ।
आफ्नै भान्साको ग्यास लिक हुँदा जलेर गम्भीर घाइते भएकी ५१ वर्षकी चञ्चली शाहीको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो।
असार १७ गते बिहान भान्साकोठामा ग्यास लिक भई सुरुमा चञ्चलीको जिउमा आगो सल्किएको थियो।
त्यसपछि उनलाई जोगाउन खोज्दा उनका पति ५१ वर्षका हेमराज शाही पनि घाइते भएका थिए।
पहिले शिर मेमोरियल अस्पताल बनेपा ल्याइएका दुवै जनालाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल रेफर गरिएको थियो।
तर चञ्चलीको उपचारका क्रममा सोमबार बिहान २स्४५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
हेमराजको भने उपचार जारी छ।








प्रतिक्रिया दिनुहोस्