ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक बढुवामा कुरा बल्झियो, मन्त्रीले बैठक सार्न प्रस्ताव गरेपछि चर्काचर्की


abc news

काठमाडौ २२ असार । ​​शिक्षामन्त्री रघुजी पन्तले बैठक सार्न प्रस्ताव गरेपछि विद्यालय शिक्षा विधेयक पास गर्न भनेर बोलाइएको बैठकमा चर्काचर्की परेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मन्त्री पन्तले अझै कतिपय विषयमा सहमतिका लागि समय चाहिने भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

त्यसपछि सांसदहरूले सरकारको तर्फबाट पटक(पटक धोका दिने काम भएको भन्दै आपत्ति जनाएका थिए । त्यसक्रममा सांसदहरूबीच चर्काचर्की परेको थियो ।

समिति सभापति अम्बरबहादुर थापाले सरकारले संसदीय समितिलाई खेलौनाजस्तो बनाउने काम गरेको आरोप लगाए । ‘विधेयक पास गरेन भनेर समितिलाई सार्वजनिक रूपमा दबाब दिने काम भएको छ । समितिलाई खेलौनाजस्तो बनाउनु भयो,’ थापाले भने ।

सभापति थापाका अनुसार अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गर्न दरबन्दीको ६० प्रतिशत अहिले कार्यरत शिक्षकबाट पदपूर्ति गर्ने विषयमा समितिमा सहमति भएको छ ।

तर कतिपय सांसदले शिक्षक महासंघको प्रतिनिधिको रूपमा काम गरेका कारण विवाद भएको उनले बताए । ‘६०र४० को अनुपातमा समाधानको कुरा थियो, शिक्षक महासंघका प्रतिनिधिले हामीसँग त्यो मान्छौं भनेका थिए । तर सांसदहरूले फरक(फरक कुरा ल्याउनुभएको छ,’ थापाले भने, ‘प्रत्येक व्यक्तिको कुरा सुनेर अगाडि बढ्यो भने कानून बन्दैन ।’

अहिले शिक्षकको बढुवाको कुराले अड्किएको उनले बताए ।

विधेयकमा सहमति जुटाउन गठित उपसमितिका संयोजक छविलाल विश्वकर्माले शिक्षक महासंघले जिद्दी गरेर समाधान नहुने बताए । ‘उहाँहरूले गर्नुभएका माग, स्वयं शिक्षकका लागि पनि उचित हुँदैन, समग्रतामा हेर्नु पर्‍यो ।’

सभापति थापाले अन्तिम पटकका लागि ५ दिन समय दिने बताए ।

तर, मन्त्री पन्तले विधेयकमा सहमतिका लागि दिन नतोकी समय दिनुपर्ने आग्रह गरे । ‘दिन तोकेको चार दिनमा पनि हुनसक्छ, सात दिन पनि लाग्न सक्छ,’ मन्त्री पन्तले भने ।

त्यसपछि सभापति आक्रोशित हुँदै अनिश्चितकालका लागि बैठक स्थगित गरेर निर्वाचन क्षेत्रमा जाने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com