ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक गाडीमा गित बजाए रोयल्टी तिर्नुपर्ने


admin

काठमाडौं, १८ चैत । सार्वजनिक सवारी साधनले अबदेखि गाडीमा गीत बजाए वापत अनिवार्य रुपमा शुल्क तिर्नुपर्ने भएको छ। प्रतिलिपि अधिकार ऐन अनुसार उनीहरुलाई रोयल्टीको दायरामा ल्याइएको हो।

यातायात व्यवस्था विभागका अनुसार, अब यातायात नवीकरण गर्नको लागि पहिले संगीत रोयल्टी चुक्ता गरेको प्रमाणपत्र बुझाउनु पर्नेछ । नेपाल संगीत उद्योग संघको पहलमा आइतबारदेखि यस्तो प्रावधान लागू गरिएको हो।

विभागका अनुसार, ठूला बसले वार्षिक २ हजार तथा मिनीबसले १४ सय रुपैयाँ रोयल्टी बुझाउनुपर्ने हुन्छ। माइक्रोबस र ट्याक्सीलाई एक हजार रुपैयाँ तोकिएको छ। यस्तै, ट्रकलाई १२ सय तथा भ्यानलाई ९ सय रुपैयाँ निर्धारण गरिएको छ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० परिमार्जन गरी यस्तो व्यवस्था लागू गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए। प्रतिलिपि अधिकार ऐन अनुसार कुनै पनि गीत(संगीत सार्वजनिक स्थानमा बजाउँदा रोयल्टी तिर्नुपर्ने प्रावधान छ।

यो प्रावधानले कलाकारहरुलाई ठूलो राहत पुग्ने प्रस्तोता समाज नेपाल संस्थाका अध्यक्ष तथा लोकगायक तुलसी पराजुली बताउँछन्। यदि सबै सार्वजनिक यातायातले संगीत रोयल्टी बुझाएमा वार्षिक ३० करोड रुपैयाँ जम्मा हुनेछ।

सवारी साधनले गीत बजाए नबजाएको आफुहरुले अनुगमन गर्ने पराजुलीले बताए । गीत नबजाउने सवारीसाधनले रोयल्टी तिर्नु नपर्ने उनले बताए ।

त्यसैगरी निजी सवारी साधनले पनि रोयल्टी तिर्नुपर्ने छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com