काठमाडौ २१ असार । नेपालमा लगानीको सम्भावना र अवसरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेशिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले छलफल गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी मलेशियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजाको नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरू नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृत रूपमा बुझ्न आएको बताए ।
यस्तै प्रधानमन्त्री ओलीले विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानूनी र संरचनात्मक सुधारहरू गर्दै आएको जानकारी गराउँदै नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले आउँदा दिनमा के कस्तो सुधार र सहजीकरण आवश्यक छ भन्नेमा सरकार सधैँ व्यवसायीसँग सहकार्यमा रहने जानकारी दिनुभयो ।
प्रतिनिधिमण्डलले आफूहरूले नेपालमा फोहोर ९प्लास्टिक० प्रशोधन, सूचना प्रविधि उद्यान, पर्यटन आदि क्षेत्रमा काम गर्न उत्सुक भएको जनाएको छ । भेटका अवसरमा नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा र विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे छलफल भएको थियो ।
मलेशियामा रहेको नेपाली दूतावासको सहकार्यमा आएको प्रतिनिधिमण्डल तीन दिने यात्राका लागि गएको बुधवार काठमाण्डौ आएको हो ।
प्रतिक्रिया दिनुहोस्