ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगान आप्रवासी नागरिकलाई फिर्ता पठाउने जर्मनीको योजना


abc news

काठमाडौ २१ असार । अफगानिस्तानका आप्रवासी नागरिकलाई फिर्ता पठाउने सम्बन्धमा जर्मनीले अघि सारेको योजनाप्रति संयुक्त राष्ट्रसङ्घले गम्भीर चिन्ता व्यक्त गरेको छ । समाचारसंस्था एएफपीका अनुसार जर्मनीका आन्तरिक मामिला मन्त्री अलेक्जेन्डर दोब्रिन्द्टले सार्वजनिक रूपमा तालिबानसँग प्रत्यक्ष छलफल गरी अफगान नागरिकलाई डिपोर्ट गर्न सकिने बताउनुभएको छ ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबान फेरी सत्तामा आएपछि जर्मनीले यस्तो फिर्ती प्रक्रिया स्थगित गरेको थियो । तर पछिल्लो समयमा आप्रवासी विरोधी तथा कडा राष्ट्रवादी धारका दलहरूको प्रभाव बढेसँगै फेरी फिर्ता पठाउने विषय प्राथमिकतामा आएको देखिएको छ ।

मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघको कार्यालयकी प्रवक्ता रविना शमदासानीले अहिले अफगानिस्तानबाट नागरिकलाई जबरजस्ती फिर्ता पठाउनु उपयुक्त नहुने बताउनुभएको छ । उहाँले त्यहाँ भइरहेका गम्भीर मानव अधिकार उल्लङघन, विशेष गरी महिलाहरूको अधिकार हनन भएको उल्लेख गर्नुभयो ।

त्यसैगरी अफगानिस्तानको काबुलमा कार्यरत शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय निकायका प्रतिनिधि अराफत जमालले, सन् २०२५ को शुरुदेखि अहिलेसम्म इरानबाट फर्किएका १४ लाखभन्दा बढी अफगान नागरिकहरूको सुरक्षाका लागि आवश्यक आर्थिक स्रोत जुटाउने कार्य भइरहेको बताउनुभएको छ । उहाँले जबरजस्ती फिर्ती गरिएमा त्यसले सम्पूर्ण क्षेत्रको स्थायित्वमा प्रतिकूल असर पार्न सक्ने खतरा रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

च्यासलमा एमाले सचिवालय बैठक

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

वाइसिएललाई प्रचण्डको निर्देशन- तयार रहनू

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

नेपालगन्ज औद्योगिक क्षेत्रमा ठाउँ मात्रै ओगटेका ३ उद्योगलाई हटाउने तयारी

इराकको अल-कुटस्थित सपिङ मलमा भीषण आगलागी, कम्तीमा ६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com