ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल साढे ५२ अर्बको आयात


abc news

काठमाडौ २१ असार । चालू आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल साढे ५२ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । साउनयता जेठ अन्तिमसम्म वीरगञ्ज नाकाबाट ५२ अर्ब ५८ करोड रुपैयाँको भटमासको कच्चा तेल भित्रिएको हो । यो गएको आर्थिक वर्षको तुलनामा ४५ अर्ब २१ करोड भन्दा धेरैको आयात हो ।

अघिल्लो आर्थिक वर्षको ११ महिनामा सात अर्ब ३७ करोड मूल्यको मात्रै भटमासको कच्चा तेल वीरगञ्ज नाकाबाट आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालू आर्थिक वर्ष भटमासको कच्चा तेल आयातसँगै प्रशोधित निर्यात पनि उल्लेखनिय रहेको बताउनुभयो ।

मुख्यगरी व्यवसायीले भटमासको कच्चा तेल ल्याएर प्रशोधन गरी फेरि निर्यात गरेको पाइन्छ । वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ११ महिनामा भटमासको तेल प्रशोधित निर्यात ५५ अर्ब तीन करोड छ । यसमा २५ करोड ८८ लाख १४ हजार लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ ।

अघिल्लो वर्ष आठ करोड ८३ लाख मूल्य पर्ने चार लाख ६४ हजार लिटर मात्रै भटमासको प्रशोधित तेल निर्यात भएको थियो । चालू आर्थिक वर्षको ११ महिनामा यो नाका हुँदै नौ अर्ब ७५ करोड मूल्य पर्ने सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । तर अघिल्लो आर्थिक वर्षको त्यहि अवधिमा आठ अर्ब चार करोड मूल्यको आयात थियो ।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी अघिल्लो वर्षे ११ महिनाको अवधिमा नौ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com