काठमाडौ २० असार । रुसले युक्रेनको राजधानी किएभमा बिहीबार रातभर भीषण आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्।
रुसले रातभरि गरेको ड्रोन हमलाका कारण राजधानी किभए शुक्रबार बिहानसम्म धुवाँको बादलले ढाकेको उनीहरूको भनाइ छ।
युक्रेनले भनेको छ, ‘अँध्यारो हुनेबित्तिकै डिफेन्स गन र ड्रोनको गड्यागुडुङ र ठूलो विस्फोटका आवाज सुनिन थाल्यो। रुसले रातभर ५५० ड्रोन र ११ वटा मिसाइल प्रहार गर्यो।’
युक्रेनमा यो आक्रमण अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको केही घण्टापछि भएको बीबीसीले उल्लेख गरेको छ।
यो कुराकानीपछि ट्रम्पले पुटिन युक्रेनविरुद्धको युद्ध अन्त्य गर्न तयार नभए भन्दै आफू ‘निराश’ भएको बताएका थिए।
बिहीबार पुटिनसँगको वार्तापछि ट्रम्पले लडाइँ अन्त्य गर्ने दिशामा ‘कुनै प्रगति’ नभएको बताएका थिए।








प्रतिक्रिया दिनुहोस्