ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवकमाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ


abc news

काठमाडौ २० असार । एक युवकलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेका व्यक्तिहरूलाई धरान प्रहरीले एक हप्तापछि पक्राउ गरी सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यालय धरानले घटनामा संलग्नहरूको पहिचान गरी तीनजनालाई नियन्त्रणमा लिएको हो।

गत शुक्रबार धरानमा तीन जनाको समूहले धारिलो हतियारसहित एक युवकमाथि आक्रमण गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सार्वजनिक भएको भिडिओमा मोटरसाइकलमा आएका तीन जनाले एक युवकलाई लखेट्दै खुकुरी पार गरेको र ती युवकको ढाडमा रगत बगेको दृश्य सहितको भिडियो भाइरल भएको थियो।

त्यही भिडियोको आधारमा प्रहरीले अनुसन्धानलाई अघि बढाएको जनाएको छ। शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै पक्राउ पर्नेहरूको नाम प्रहरीले सार्वजनिक गरेको हो।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले घटना पुरानो रिसिबीका कारण भएको अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिए।

तीनजनाको समूहले धरान उपमहानगरपालिका २० बस्ने समिर राईलाई लखेटी लखेटी खुकुरीले काटेको समेत खुल्न आएको डीएसपी जवेगुले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका ११ घर भएका २१ वर्षीय प्रशान्त प्रधान, सोही ठाउँका पासाङ शेर्पा र मोटरसाइकल चालक सप्तरीको कञ्चनरूप नगरपालिका घर भई धरानमा बस्ने साइमन चौधरीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

उनीहरु सवार मोटरसाइकल भने अर्कैको रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

साइमनले चलाएको मोटरसाइकल उनका काका देवनारायण चौधरीको भएको अनुसन्धानको क्रममा खुलेकोसमेत डीएसपी जबेगुले बताए।

पक्रकार सम्मेलनमा डीएसपी ले धरानमा पछिल्लो समय खुकुरी प्रहारका घटनामा कमी आएको दाबी गरेका छन्। पछिल्लो घटनाको सन्दर्भमा उनले प्रहरीमा सूचना ढिलो आएको सताए।

गत वर्ष धरानमा खुकुरी प्रहारका ३१ वटा घटना भएका थिए। यस वर्ष त्यस्ता घटना ११ वटा भएका छन्।

आजको पत्रकार सम्मेलन मार्फत प्रहरीले अन्य दुईजनालाई पनि सार्वजनिक गरेको छ। सार्वजनिक भएकाहरू एकजना बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति हुन् भने अर्का व्यक्ति चोरीमा संलग्न रहेको डीएसपी जगेबुले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com