काठमाडौ २० असार । अमेरिकाको सिकागो सहरस्थित एक नाइट क्लबबाहिर अन्धाधुन्द गोली प्रहार हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने १४ व्यक्ति घाइते भएको छ।
सिकागो प्रहरीले स्थानीय समयअनुसार बुधबार राति ११ बजे क्लब नजिकैबाट गाढा रङको कारमा सवार बन्दुकधारीहरूले मानिसहरूमाथि गोली चलाएका हुन्।
बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजका अनुसार, र्यापर मेलो बक्जको एल्बम रिलिज पार्टीपछि नाइटक्लबबाट बाहिरिँदै गरेका मानिसहरूको भिडमा जथाभाबी गोली चलाइएको हो।
गोली लागेर २४ र २५ वर्षका दुई पुरुष र २६ र २७ वर्षका दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
गोलीकाण्डपछि त्यो गाडी तुरुन्तै भागेको र अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ।
गोली लागेर घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा लगिएको छ।
अस्पतालमा भर्ना भएका कम्तीमा चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
यो खबर प्रकाशन गर्दासम्म घाइते र मृत्यु भएकाहरूको पहिचान खुलाइएको छैन।








प्रतिक्रिया दिनुहोस्