ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्जुननरसिंह केसीले दिए आमरण अनशन बस्ने चेतावनी


abc news

काठमाडौ १९ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पुराना राजनीतिक दलप्रति जनताको भरोस टुटिरहेको बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा केसीले पुराना पार्टीले काम गर्दैनन् भन्ने गरी प्रचार भइरहेको पनि बताएका हुन्।

विगत केही वर्षदेखि राजनीतिक दलप्रति भरोसा टुटिरहेको छ। पुराना पार्टीले काम गर्दैनन् भन्ने भइसक्यो, उनले बैठकमा भने, यसबारे गम्भीर भइएन भने आउने परिस्थिति सजिलो देख्दिनँ।

उनले कांग्रेस गुटउपगुटका कारण शिथिल भएको भन्दै संस्थागत प्रतिवद्धताका लागि एक हुनुपर्ने बताए। नेताहरू संस्था प्रदान हुन छोडेरव्यक्ति प्रदान भएको भन्दै उनले यसलाई सच्याउन जरुरी रहेको बताए।

हामी गुट(उपगुटमा विभाजित छौँ। पार्टी व्यक्ति प्रदान होइन संस्था प्रदान हुनुपर्छ, उनले थपे, यहाँ त कसैलाई पेल्यापेल्यै गरिएको छ।

त्यस्तै उनले पार्टीको महाधिवेशन कहिले हुने भन्ने मिति तोक्नुपर्ने पनि बताए। पार्टी सभापतिदेखि पदाधिकारीहरू समयकै अधिवेशन हुन्छ भन्ने कहिले हुन्छ नभन्ने। अब मिति तोक्नै पर्ने आवश्यकता छ। समय थप्ने हो भने थपेर पनि यो समयमा महाधिवेशन हुन्छ भन्नुपर्‍यो, उनले भने, मेरो धारणा भन्नुहुन्छ भने त ०८२ मै हुनुपर्छ नि।

उनले पार्टीको वैधानिकता र अस्तित्वा असर नगर्ने गरी महाधिवेशन समयमै गर्नुपर्ने बताए।

उनले पार्टी अनुशासन समितिमाथि भने आक्रमण देखिए।

अनुशासन समितिको कामकारबाही पारदर्शी हुनुपर्छ। पार्टीलाई प्राण भर्ने खालको हुनुपर्छ। निष्पक्ष हुनुपर्छ,ु उनले भने, यहाँ त मनपरी ढंगले कतै के गरिएको छ। कतै के गरिएको छ। पार्टीमा अन्तर्घत गर्ने सबैलाई माफी दिने हो भने दिऔँ होइन भने कारबाही गरौँ। संविधानभन्दा माथि हो अनुशासन समितिको सभापतिरु यस्तै हो भने मैले आफैँले आमरण अनसन बस्नुपर्ने हुन्छ। मान्छेको इज्जत प्रतिष्ठाको ख्याल छैन मनपरी गरेको छ। यसको जिम्मा पार्टी सभापतिलाई नै दिन्छु।

मनपरी गरेर एकपक्षलाई अर्को पक्षले दबाउन खोजिए त्यसको प्रतिकारमा उत्रिने उनको चेतावनी छ।

उनले भने, मनपरी गरेर एक पक्षले अर्को पक्षलाई दबाउन खोजियो भयो भने, सीमा पार भयो भने। हाम‍ीले पनि सीमा पा। गरेर जानुपर्ने हुनसक्छु उनले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com