काठमाडौ १९ असार । एसीसी पुरुष यू(१६ इस्ट जोन कपको उपाधिका लागि नेपाली युवा टोलीले सिंगापुरसँग खेल्ने भएको छ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता मलेसियालाई ९ विकेटले हराउँदै नेपाल चौथो पटक उपाधि नजिक पुगेको थियो। मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।
आजै भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुरले नेपालसँगको भेट पक्का गरेको हो। हङकङलाई हराएसँगै सिंगापुरले प्रतियोगितामा नेपालसँग दोस्रो भेट तय गरेको हो। समूह चरणमा सिंगापुर नेपालसँगमात्र पराजित भएको थियो।
नेपाल समूह ए को विजेता र सिंगापुर उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए। समुह ए का दुई टोलीले फाइनलमा स्थान बनाएसँगै समुह बी का दुवै टोली अन्तिम चारबाटै बाहिरिएका छन्।
दोस्रो सेमिफाइनलमा हङकङले दिएको १ सय ६९ रनको लक्ष्य सिगांपुरले ३८।५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ ४३ ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो।








प्रतिक्रिया दिनुहोस्