काठमाडौ १९ असार । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैकठमा बाफिया विधेयकमा भएको दफाबार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको बताए। त्यसलाई पुर्नलेखन गरेर सोसम्बन्धी व्यवस्था राखिनुपर्ने बताए। उनकाअनुसार नेपाली धेरै भन्दा धेरै रहेका ती ठाउँमा बैंकका शाखा खोल्न दिनुपर्छ।
‘बाफिया ड्राफ्ट दुई वर्षदेखि बनाएर राखिएको छ, अहिले धेरै परिवर्तन भइसकेको छ,’ चौधरीले भने, ‘बाफिया फिर्ता पठाउनुपर्छ। नयाँ दृष्टिकोणबाट यो विधेयकलाई पुनः ड्राफ्ट गर्नुपर्छ। नेपालका बैंकलाई बाहिर समेत जान दिनुपर्छ। अस्टेलिया, मलेसियामा बैंकका शाखा खोल्न दिनुपर्छ। नेपालीको पूँजी नेपाली बैंकले किन संकलन गर्न नपाउनु ?
उनकाअनुसार अहिले वर्तमान अर्थतन्त्रको स्थिति सुस्त छ। बैंकहरुसँग भएको रकम लगानी हुन सकिरहेको छैन। बैंकर्स, उद्योगीको मनोबल बढ्न नसकेको बताउँदै उनले बैंकमा लगानी हुँदैमा उद्योगी, लगानीकर्ताले पैसा लिन्छन् भन्ने भ्रम हटाउनुपर्ने बताए।







प्रतिक्रिया दिनुहोस्