काठमाडौ १९ असार । दक्षिणी जापानका दुर्गम र कम जनसंख्या भएका टापुमा बितेका दुई हप्तामा ९०० भन्दा बढी भूकम्प गएका छन्।
जसले गर्दा त्यस क्षेत्रका मानिस डरले रातमा जागा रहन बाध्य भएका छन्।
बुधबार पनि ५।५ म्याग्निच्युडको भूकम्प गएको अधिकारीहरूले बताएका छन्।
जुन २१ देखि टोकारा टापुवरपर समुद्रमा भूकम्पीय गतिविधि ‘धेरै सक्रिय’ रहेको उनीहरूको भनाइ छ।
अधिकारीहरूले भनेका छन्, ‘हाल कुनै क्षतिको कुनै रिपोर्ट छैन र सुनामी चेतावनी जारी गरिएको छैन, तर आवश्यक परेमा मानिसहरूलाई तयार रहन भनिएको छ।’
एक स्थानीयले क्षेत्रीय प्रसारक एमबीसीसँग भनेका छन्, ‘रातमा यहाँ सुत्नु धेरै डरलाग्दो भएको छ। यस्तो देखिन्छ कि घर सधैँ हल्लिरहेको छ।’
जापान संसारमै सबैभन्दा भूकम्प हुने देशमध्ये एक हो। यहाँ हरेक वर्ष लगभग १ हजार ५०० भूकम्प आउँछन्।








प्रतिक्रिया दिनुहोस्