ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी ‘कार्गाे’ अन्तरिक्ष यानको मिसन सम्पन्न


abc news
असार १९, २०८२ बिहीबार  ८ : ५० बजे

काठमाडौ १९ असार । रुसी अन्तरिक्षयान प्रोग्रेस एमएस–२९ु को मिसन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसए० मा झन्डै ६ महिनाभन्दा धेरै समय बिताएपछि रुसी कार्गोु मालवाहक अन्तरिक्षयानले आफ्नो कार्यसम्पादन सफलतापूर्वक सम्पन्न गरेको रुसी राज्य अन्तरिक्ष संस्था रोसकोस्मोसलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रोग्रेस एमएस–२९ु रुसले विकास गरेको मानवरहित आपूर्ति यान हो जसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आवश्यक सामान, इन्धन, उपकरण र वैज्ञानिक सामग्री पुर्‍याउन सहयोग गर्छ । यो प्रोग्रेस एमएसु शृङ्खलाभित्रको यान हो । प्रोग्रेस एमएस–२९ु मा उन्नत नेभिगेसन, स्वचालित डकिङ प्रणाली र राम्रो सञ्चार सुविधा हुन्छ जसले यसलाई अन्तरिक्ष स्टेशनसँग सटिक र सुरक्षित रूपमा जडान हुन मद्दत गर्छ ।

यो यान सन् २०२४ नोभेम्बर २१ मा बाइकोनुर प्रक्षेपण केन्द्रबाट प्रक्षेपण भएको थियो र दुई दिनपछि अन्तरिक्ष केन्द्रमा जडान भएको थियो । यसले केन्द्रमा नयाँ वर्षको उपहार, इन्धन, पिउने पानी, वातावरणमा अक्सिजन मिलाउने नाइट्रोजन ग्याँस र वैज्ञानिक उपकरणहरू पुर्‍याएको थियो ।

अर्को मालवाहक अन्तरिक्ष यान प्रोग्रेस एमएस–३१ आज बाइकोनुरबाट प्रक्षेपण हुने कार्यक्रम छ, यो यान आइतवारसम्म अन्तरिक्ष केन्द्रमा पुग्ने अपेक्षा गरिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com