ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहमति अगावै देउवाजीलाई पद सुम्पिन्छु– प्रधानमन्त्री ओली


abc news
असार १९, २०८२ बिहीबार  ७ : ५० बजे

म्याड्रिड , १९ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्।
बुधबार राति म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित प्रवासी नेपाली मञ्च निकटका कार्यकर्ताहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले उक्त भनाइ राखेका हुन् ।भेटमा स्पेन र पोर्चुगलबाट आएका करिब ४० जना कार्यकर्ता सहभागी थिए।
प्रवासी नेपाली मञ्च युरोपका अध्यक्ष मुक्तबहादुर गुरुङका अनुसार, प्रधानमन्त्री ओलीले भने, ‘देशमा स्थायित्वका लागि दुई ठूला दलबीच सहकार्य गरिएको हो।अहिलेको सरकार स्थायित्वका निम्ति बनाइएको हो। आगामी निर्वाचनमा एमाले र कांग्रेस प्रतिस्पर्धी हुनेछन्। त्यसैले अहिलेको सहकार्यलाई २०४६ सालको साझा आन्दोलनकै भावनाबाट हेर्नुपर्छ।’
ओलीले वर्तमान सरकारको संरचना गठबन्धनको स्पष्ट सहमतिअनुसार बनेको भन्दै सत्ता हस्तान्तरणबारे अन्योल नरहेको बताए। ‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो । तर, त्यो अवधि सकिएपछि मात्र हस्तान्तरण गर्नुपर्छ भन्ने छैन, बरु १०/१५ दिन अगावै पनि देउवाजीलाई पद सुम्पिन्छु’, अध्यक्ष गुरुङले ओलीको भनाइ उद्धृत गर्दै बताए।

प्रधानमन्त्री ओलीले स्थायी रूपमा युरोपमा सेटल भइसकेका नेपालीलाई शुभकामना दिंदै अस्थायी रूपमा बसिरहेका र कठिनाइ भोगिरहेका नेपालीलाई नेपाल फर्केर आधुनिक कृषिमा अवसर खोज्न पनि सुझाव दिएका थिए । ‘बाँझो जमिनमा कृषिका राम्रा सम्भावना छन्। धेरै साथीहरू फर्किएर त्यसमा लाग्नुभएको छ’, गुरुङले ओलीको भनाइ उद्धृत गर्दै भने।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो राजनीतिक सक्रियताबारे प्रधानमन्त्री ओलीले केही पनि बोलेनन् । यद्यपि एक सहभागीका अनुसार, प्रधानमन्त्रीले कांग्रेस-एमाले गठबन्धन भविष्यमा ‘घुमाउरो तरिकाले’ कमजोर पार्न सक्ने संकेत गर्दै, ‘पार्टीभित्र पनि त्यस्तो अवस्था आउन सक्छ, तर हालसम्म ठीकठाक छ’ भनेका थिए। भेटमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका सचिव हेम शेर्पा,युरोप अध्यक्ष गुरुङ, स्पेन अध्यक्ष केदारनाथ ढुंगाना र पोर्चुगल अध्यक्ष दिपक खत्री लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

वरिष्ठ कलाकार सुनिल थापाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com