काठमाडौ १८ असार । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनताले सांसदहरूलाई भेडाबाख्रा भन्न थालेको बताएका छन्।
बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले यो त्रुटि नभई बदमासी भएको र यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। उनले अहिले सांसदको लोगो लगाएर हिँड्दा जनताले पढ्दै नपढी ताली बजाउनेले के ऐन बनाउँछन् भन्ने गरेको बताए।
जनस्तरमा सांसदप्रतिको विश्वसनीयता गुमेको बताए। उनले राष्ट्रियसभाबाट यसलाई सुधार गरेर अघि बढाउनुपर्ने बताए। संलग्नहरूले कारबाही भोग्नुपर्ने बताए।
‘यो त्रुटि हो कि बदमासी हो रु षड्यन्त्र हो। यो के हो। सचिवसँग सोध्दा त्रुटि भयो भन्नुहुन्छ। यो गम्भीर गल्ती हो। यसको राम्ररी छानबिन हुन जरुरी छ। अहिले सांसदको लोगो लगाएर हिँड्दा के ऐन बनाउँछन्, पढ्दा पनि रहेनछन्, उनले भने, त्यसै पास भन्दा रहेछन्। यी भेडाबाख्रा जस्ता रहेछन्। हाम्रो बारेमा जनताले गर्ने टिप्पणी नै यही हो। हाम्रो विश्वसनीयतामा ठूलो ह्रास आएको छ। हामी अविश्वासी भएका छौँ।’








प्रतिक्रिया दिनुहोस्