ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराष्ट्रपति भण्डारीले सुरक्षा बाहेक सुविधा नलिने भन्दै गृह मन्त्रालयमा पठाइन् पत्र


abc news
असार १८, २०८२ बुधबार  ३ : ३५ बजे

काठमाडौ १८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षाबाहेक सेवा सुविधा नलिने भन्दै गृह मन्त्रालयलाई पत्र लेखेकी छन्।

बुधबारदेखि लागू हुने गरी सेवा सुविधा फिर्ता गरिएको व्यहोरासहितको पत्र राष्ट्रपति भण्डारीले स्वकीय सचिव राजकुमार राईमार्फत् गृह मन्त्रालयमा पठाएको उनको सचिवालयले जनाएको छ।

सरकारले पूर्वराष्ट्रपति भण्डारीलाई दुई जना स्वकीय र तेलबापत रकम पठाउँदै आएको थियो। उक्त सेवा सुविधा अबदेखि नलिने पूर्वराष्ट्रपतिले पठाएको पत्रमा उल्लेख छ।

उनले सुरक्षाबाहेक सेवा सुविधा नलिने उल्लेख गर्दै पत्र पठाएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

‘पूर्वराष्ट्रपतिले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त हुनु भएपछि पूर्व राष्ट्रप्रमुखको हैसियतमा नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधामध्ये सुरक्षा बाहेक सम्मानित राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले आजैका मिति देखि लागु हुने गरी कुनै पनि सेवा सुविधा नलिन निर्देशन मुताबिक श्रीमान सचिवज्यू समक्ष निवेदन पेस गरेको छु। यसको कार्यान्वयन गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,’ पूर्वराष्ट्रपति भण्डारीका स्वकिय सचिव राईले लेखेको पत्रमा उल्लेख छ।

दुई कार्यकाल राष्ट्रपति बनेकी उनी हालै नेकपा एमाले को सक्रिय राजनीतिमा फर्केकी छिन्। उनले एमालेमा आफ्नो सदस्यता नवीकरण गराएकी छन्।

सरकारले पूर्वराष्ट्रपतिलाई मासिक भत्ता, घरभाडा, इन्धन, पत्रपत्रिका खर्च, टेलिफोन खर्च, अतिथि सत्कार खर्च, बिजुली, पानी र इन्टरनेटको खर्च तथा सचिवालय ९उपसचिव, गाडी चालक र कार्यालय सहयोगी० लगायत सेवा सुविधा दिने गरेको छ।

पूर्वराष्ट्रपति भण्डारीले आवास र सवारी सुविधा लिएकी थिइनन्। राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी काठमाडौंको भंगालस्थित निजी निवासमा बस्दै आएकी छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com