काठमाडौ १८ असार । नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले संसदीय समितिको निर्णयमाथि झालझेल भएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आज उनले संघीय निजामती सेवा विधेयकमा जालझेल भएको र यसबारे छानबिन आवश्यक रहेको बताएका हुन्।
बडूले अब राष्ट्रिय सभाबाट यसलाई सुधार गर्नु पर्ने पनि बताए। यत्रो समय लगाएर हामीले सर्वसम्मत रूपमा पारित गरेको निर्णयमाथि जालझेल भयो, उनले भने, यो जालझेलमा को–को जोडिएका छन् भन्ने पनि छानबिन हुनु पर्यो। त्यसअघि कसरी यसलाई सच्याउने भन्नेमा पनि ध्यान दिनुपर्छ।’
उनले विधेयकमा भएको कुलिङ पिरियडको व्यवस्था स्पष्ट खुल्ने गरी राख्न मन्त्रीले राष्ट्रियसभामा संशोधनसहित विधेयक पेस गर्नुपर्ने पनि बताए।








प्रतिक्रिया दिनुहोस्