काठमाडौ १८ असार । रुसका अधिकारीहरूले इजेभ्स्क सहरस्थित एक कारखानामा युक्रेनले आक्रमण गर्दा ३ जनाको मृत्यु भएको र ४५ व्यक्ति घाइते भएको बताएका छन्।
गभर्नर अलेक्जेन्डर ब्रेचालोभले घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताएका छन्।
ड्रोनहरूले कुपोल इलेक्ट्रोमेकानिकल प्लान्टलाई निसाना बनाएको बताइएको छ।
यो एक सैन्य कारखाना हो, जसले सतहबाट हावामा प्रहार गर्ने टोर मिसाइल प्रणाली र राडार स्टेसन उत्पादन गर्छ।
युक्रेनी सञ्चारमाध्यमका अनुसार, प्लान्टले ओसा वायु रक्षा प्रणाली उत्पादनमा पनि विशेषज्ञता राख्छ। यसले धेरैवटँ ड्रोन विकास गरिसकेको छ।
एक युक्रेनी अधिकारीले युक्रेनको सुरक्षा सेवा एसबीयू का दुई ड्रोनले लगभग १,३०० किलोमिटर टाढा अवस्थित कुपोल प्लान्टमा आक्रमण गरेको बीबीसीसँग बताएका छन्।
नोभेम्बर २०२४ पछि कुपोल कारखानामा युक्रेनले दोस्रोपटक ड्रोन आक्रमण गरेको हो।








प्रतिक्रिया दिनुहोस्