ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ – शिक्षामन्त्री


abc news

काठमाडौ १८ असार । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले विद्यालय शिक्षा विधेयक नरोकेकाले शीघ्र आउने स्पष्ट पारेका छन्।

‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि राष्ट्रियसभाका सांसदले उठाएको जिज्ञासाको जवाफमा उनले केही विषयमा सहमति जुटाउनुपर्ने आवश्यकता देखिएकाले केही दिन विधेयक स्थगन गरिएको बताए। शिक्षक महासंघसँग भएको सहमतिअनुसार यही असार १५ गतेभित्र सो विधेयक प्रस्तुत गर्ने समयसीमा थियो।

विद्यालय शिक्षा विधेयक विभिन्न समयमा भएका सम्झौता समेट्ने गरी अगाडि बढाइएको उनले जानकारी दिए। पछिल्लो पटक शिक्षक महासंघसँग भएको ९ बुँदे सहमतिअनुसार केही विषय सम्बोधन भइसकेको र महासंघसँग भएको सहमतिअनुसार विद्यालय शिक्षा विधेयक अगाडि बढाइएको उनको भनाइ छ।

महासंघसँग भएको ९ बुँदे सहमतिका अधिकांश विषय आगामी आवको बजेटमा समावेश गरिएको शिक्षामन्त्री पन्तले जानकारी दिए। यो विधेयक आउँदा शिक्षकले मात्रै नभई देश र जनताले जित्ने भएकाले सबैभन्दा बढी ध्यान यसैमा केन्द्रित गरिएको उनले उल्लेख गरे।

शिक्षा क्षेत्र मुलुकको विकास र प्रगतिका लागि महत्त्वपूर्ण रहेको आवश्यकता बोध गरी सरकारले आगामी आवका लागि सबैभन्दा बढी बजेट विनियोजन गरेको उनले बताए। आगामी आवका लागि शिक्षा क्षेत्रतर्फ २ खर्ब ११ अर्ब बजेट विनियोजन गरिएको छ।

यस्तै, ७ अर्ब ४७ करोड सहरी विकास मन्त्रालयले विद्यालयको पुनर्निमाणका लागि बजेट विनियोजन गरेको छ। यो क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको उनले स्पष्ट पारे।

शिक्षाको बजेट स्थानीय तहले नै खर्च गर्ने भएकाले कुनै असन्तुलन नभएको उनको दावी थियो। शिक्षामा २० प्रतिशत बढी बजेट विनियोजन गर्ने वातावरण क्रमशः बन्ने शिक्षामन्त्री पन्तले उल्लेख गरे।

शिक्षा क्षेत्रको सुधारका लागि नयाँ जनशक्ति भर्ना गर्नुपर्ने अवस्था रहेको जानकारी दिँदै मन्त्री पन्तले शिक्षा विधेयकमा महासंघसँग भएको सहमतिअनुसार ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्ला प्रतिस्पर्धा गर्नेतर्फ मन्त्रालय तयार रहेको बताए। महासंघसँग आफूले नियमित रूपमा छलफल गरिरहेकाले दीर्घकालीन रूपमा समस्या समाधान हुने विश्वास व्यक्त गरे।

निशुल्क शिक्षाका लागि आगामी आवमा यथेष्ट बजेट विनियोजन गरिएको, दिवा खाजालगायत कार्यक्रम अगाडि सारिएको उनको कथन छ। यस्तै, निजी लगानीमा सञ्चालित विद्यालयलाई नियमनको दायरामा ल्याउन सरकारले आवश्यक पहल गरेको उनले स्पष्ट पारे। मुलुकको शैक्षिक सुधार, शैक्षिक वातावरण बनाउन सरकार गम्भीरतापूर्वक लागेको मन्त्री पन्तले उल्लेख गरे। रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com