ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजामती विधेयकमा छेडखानी जालसाजीपूर्ण कार्य, संसद्को अपमान – माओवादी केन्द्र


abc news

काठमाडौ १८ असार । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र० ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा ‘जालसाजी’ भएको भन्दै गम्भीर आपत्ति जनाएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले समितिमा भएको सहमति विपरीत विधेयक संसदमा पेस गरिएकामा आपत्ति जनाउँदै उक्त घटनाले संसद्, संसदीय समिति र सांसदहरूको नैतिकता, निष्ठा र योग्यता माथि प्रश्न उठाएको बताए।

उनका अनुसार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा सहमति भएको भए पनि त्यसलाई परिवर्तन गरी संसदमा पेस गरिनु गम्भीर राजनीतिक, संवैधानिक र नैतिक अपराध हो। ‘संसदको आत्मामाथि सीधा प्रहार भएको छ,’ सापकोटाले भने, ‘यो सुनियोजित धृष्टता हो, जसको जिम्मेवारी संसदको नेतृत्वले नै लिनुपर्छ।’ उनले दोषीमाथि यथाशक्य चाँडो छानबिन गरी कारबाही गर्न माग गरे।

त्यस्तै, नेपाल शिक्षक महासंघसँग विद्यालय शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने सहमति भए पनि सरकारले अझै विधेयक पारित नगर्नु दुःखद रहेको उनको भनाइ थियो। सहमतिप्रति सरकारले गम्भीरता नदेखाएको भन्दै उनले शिक्षकलाई पुनः आन्दोलनमा जान बाध्य नपार्न आग्रह गरे।

सापकोटाले विपद् व्यवस्थापनको सन्दर्भमा पार्टीले केन्द्रदेखि स्थानीय तहसम्मको संयन्त्र सक्रिय बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै मनसुनको समयमा पूर्वतयारी गर्न सरकारलाई आग्रह गरे। उनले भने, ‘अतिवृष्टिका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सरकार तत्पर हुनुपर्छ।’

सापकोटाले कृषि क्षेत्रमा मल र विउँको अभावका कारण किसान मर्कामा परेको उल्लेख गर्दै सापकोटाले सरकारलाई गम्भीर ढंगले समस्या समाधान गर्न र किसानलाई आवश्यक स्रोतसाधन तत्काल उपलब्ध गराउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com