ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कुलिङ पिरियड’ प्रकरण, उच्चस्तरीय छानबिन समिति गठनदेखि राजीनामा सम्मकाे माग


abc news
असार १८, २०८२ बुधबार  २ : ४१ बजे

काठमाडौ १८ असार । सङ्घीय निजामती सेवा विधेयकको ुकुलिङ पिरियडु मा भएको चलखेल सार्वजनिक भएपछि आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बसेको छ ।

बैठकमा सहभागी सांसदहरूमध्ये कोहीले छानबिन समिति बन्नुपर्ने र कसैले समितिका सभापति र सचिवले राजीनामा दिनुपर्ने धारणा राखेका छन् । नेकपा एमालेका नेता एवम् पूर्वकानूनमन्त्री पदम गिरीले समितिले छलफल गरी पारित गरेभन्दा फरक ढङ्गले प्रतिवेदन पठाइएको भन्दै समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा माग्नुभएको छ ।

सभापति र सचिवको हस्ताक्षर भएकाले जस्ताको त्यस्तै पठाउने दायित्व समितिको भए पनि सभापतिबाट कमी कमजोरी भएको उहाँको टिप्पणी छ । नैतिकताको हिसाबले सभापति खतिवडाले मार्गप्रशस्त गर्नुपर्ने एमाले नेता गिरीले बताउनुभयो । साथै उहाँले समितिका सचिवले पदमा बसिरहन नमिल्ने तर्क गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसले ुकुलिङ अफ पिरियडु को व्यवस्था सम्बन्धमा भएको बदमासीबारे छानबिन गर्न संसदीय समितिको माग गरेको छ । कांग्रेस सांसद हृदयराम थानीले उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्न माग गर्नुभएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० ले निजामती सेवा विधेयकमाथि भएको चलखेमला संलग्न सबैमाथि कारबाही हुनुपर्ने माग गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक रहेका हितराज पाण्डेले समितिका सभापति, सचिवदेखि सबैमाथि गम्भीर छानबिन गर्नुपर्ने माग गर्नुभयो ।

यस्तै विधेयकमाथि जालझेल गर्ने भूमिकामा मुख्यसचिव र सचिवहरू संलग्न छन् कि छैनन् भन्नेबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने नेकपा ९एकीकृत समाजवादी० का सांसद राजेन्द्र पाण्डेले बताउनुभयो ।

समितिले सर्वसम्मतिले ‘कुलिङ अफ पिरियड’ को व्यवस्था राखेको थियो । त्यसलाई खण्डित हुने बुँदा राखिएको विधेयकको प्रतिवेदन प्रतिनिधिसभाबाट असार १५ गते पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com