ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको दाबी- इजरायल गाजामा ६० दिन युद्धविराम गर्न सहमत भयो


abc news

काठमाडौ १८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तमा सहमति जनाएको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हामी युद्ध अन्त्य गर्न सबै पक्षसँग मिलेर काम गर्नेछौँ।’

यद्यपि उनले सर्तका विषयमा कुनै विवरण दिएका छैनन्।

ट्रम्पले अगाडि लेखेका छन्, ‘कतार र इजिप्टले शान्ति स्थापना गर्न धेरै कडा परिश्रम गरेका छन् र उनीहरूले यो अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछन्। मलाई आशा छ( हमासले यो सम्झौता स्वीकार गर्नेछ। किनभने यसले स्थितिलाई राम्रो बनाउँदैन, झनै खराब बनाउनेछ।’

सुरुमा २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो। जमास १,२०० जना मारिए।

त्यसपछि इजरायलले गाजामा सैन्य हमला गरिरहेको छ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलको आक्रमणबाट अहिलेसम्म गाजामा कम्तीमा ५६ हजार ६४७ जनाको मृत्यु भइसकेको छ।

ट्रम्पले युद्धविरामबारे उक्त घोषणा अर्को हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेट गर्नुअघि गरेका हुन्।

ट्रम्पले मंगलबार नेतन्याहु पनि गाजामा शत्रुता अन्त्य गर्न चाहने बताएका थिए।

ट्रम्पले यो पनि भनेका छन्, ‘मलाई लाग्छ( हामी अर्को हप्ता सम्झौता गर्नेछौँ।’

बीबीसीका अनुसार गत हप्ता हमासका एक वरिष्ठ अधिकारीले मध्यस्थकर्ताहरूले गाजामा नयाँ युद्धविराम गर्न र बन्धक रिहा गर्न प्रयास तीव्र पारेको बताएका थिए। तर इजरायलसँगको वार्ता अझै अवरुद्ध छ।

गाजामा अहिले लगभग ५० जना इजरायली बन्धक छन्, जसमध्ये २० जना मात्र जीवित रहेको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com