ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको पछि नलाग्न मन्त्रालयको आग्रह


abc news

काठमाडौ १८ असार । युवा तथा खेलकुद मन्त्रालयले अवैधानिक नेपाल ओलम्पिक कमिटीको पछि नलाग्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेको छ । सरकारले कारबाही गरेर अवैधानिक घोषणा गरेको जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीले नेपालको आधिकारिक संस्थाको रूपमा काम कारबाही अघि बढाएपछि खेलकुद मन्त्रालयले हिजो विज्ञप्तिमार्फत अवैधानिक ओलम्पिकको पछि नलाग्न र विश्वास नगर्न सबैमा आग्रह गरेको हो ।

अवैधानिक घोषणा गरिएको नेपाल ओलम्पिक कमिटीले हिजो पत्रकार सम्मेलनको आयोजना गरेर सङ्घहरुसँग समन्वय गर्दै ३० खेललाई आसन्न टोकियो एशियाली खेलकुदमा दर्ता गरेको जानकारी गराएको थियो । लगत्तै युवा तथा खेलकुद मन्त्रालयले अवैध ओलम्पिक कमिटीलाई सरकारले मान्यता नदिएको उल्लेख गर्दै मन्त्रालयकै पहलमा ३१ वटा खेल सङ्घको सूची दर्ता सम्बन्धित निकायमा भइसकेको जानकारी गराएको छ ।

मन्त्रालयले अवैध ओलम्पिक कमिटीबाट गरिएको कुनै पनि पत्रलाई सरकारी मान्यता दिन नसकिने भएकाले त्यो कमिटीबाट गरिने सबै काम नेपालको कानून विपरित हुने बताएको हो । साथै श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको कार्यसमितिको नेतृत्वमा कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नहुने र यो कार्यसमितिलाई हटाएर ओलम्पिकको बैंक खाता बन्द गर्नेदेखि ओलम्पिकको बैदेशिक भ्रमणमा रोक लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com