ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मस्कले ट्रम्पसँग फेरि गरे झगडा, दिए नयाँ पार्टी खोल्ने धम्की


abc news

काठमाडौ १७ असार । टेस्लाका मालिक इलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि झगडा थालेका छन्।

मस्कले ट्रम्पको कर र खर्च विधेयकलाई घृणित र घिनलाग्दो भनेर जुन महिनामा झगडाको सुरूआत गरेका थिए। ट्रम्पले ठूलो र सुन्दर विधेयक ९बिग ब्युटिफुल बिल० भन्दै आएको सो विधेयक प्रतिनिधि सभाबाट एक भोटले मात्रै पारित भएको थियो।

दुवैजना व्यक्तिगत गालीगलौजमा उत्रिएर सो झगडाले उग्र रूप लिएको थियो। तर करिब तीन साताअघि दुई जनाबीच सुलह भयो। मस्कले त्यसका लागि पछुतो पनि माने। तर सोही खर्च विधेयक सिनेटबाट पारित गर्ने बेलामा मस्कले फेरि सो झगडा ब्युँताएका छन्।

रिपब्लिकन पार्टीको बहुमत भएको सिनेटबाट सो विधेयक पारित भए नयाँ पार्टी खोल्ने मस्कले धम्की दिएका छन्।

‘यदि यो पागल खर्च विधेयक पारित भयो भने, भोलिपल्टै अमेरिका पार्टी गठन हुनेछ। हाम्रो देशलाई डेमोक्र्याट(रिपब्लिकन ‘युनिपार्टीको’ ९एउटै दल० विकल्प चाहिन्छ ताकि जनताको वास्तवमा आवाज होस्,’ आफ्नो सामाजिक सञ्जाल एक्समा उनले पोस्ट गरेका छन्।

एक्समा २२ करोड फलोअर्स भएका मस्कले सरकारी खर्च कटौती गर्ने वाचा गरेर अहिले यो विधेयक पास गरे सबै रिपब्लिकन सांसदलाई प्राइमरीमै हराउनेसमेत धम्की दिएका छन्। मस्कले सो विधेयकको विरोध गरेपछि ट्रम्पले पनि उनका कम्पनीहरूलाई दिएको सरकारी अनुदान कटौती गर्ने धम्की दिएका छन्।

‘इलनले इतिहासमा कुनै पनि मानिसभन्दा धेरै अनुदान पाइरहेका हुनसक्छन्। र अनुदान बिना इलनले सायद दोकान बन्द गरेर दक्षिण अफ्रिका फर्कनुपर्नेछ। अब कुनै रकेट प्रक्षेपण, उपग्रह, वा विद्दुतीय कार उत्पादन हुने छैन। र हाम्रो देशले ठूलो रकम बचत गर्नेछ,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखे।

ट्रम्पले मात्रै नभएर उनको सरकारका मन्त्री र अरू वरिष्ठ अधिकारी अनि उनीनिकट रिपब्लिकन सांसदले पनि सो विधेयकलाई ठूलो र सुन्दर विधेयक भनेर तारिफ गरिरहेका छन्। तर प्रतिनिधि सभामा केही रिपब्लिकन सांसदले नै त्यसको विपक्षमा भोट हालेका थिए।

ल्अज
िल्अभिि
रिपब्लिकन पार्टीको पारम्परिक सिद्धान्त मान्ने विज्ञहरूले पनि त्यसको विरोध गरिरहेका छन्। रिपब्लिकन पार्टी निकट मानिने द वाल स्ट्रिट जर्नलले पनि कर काट्ने र व्यापार प्रोत्साहन गर्ने केही व्यवस्था भए पनि त्यसले संघीय बजेट घाटा र राष्ट्रिय ऋण दुवै बढाउने भनेर आलोचना गरेको छ।

मस्कले सो विधेयक प्रतिनिधि सभाबाट पास हुनेबित्तिकै पनि विधेयक कि त ठूलो हुनसक्ने कि त सुन्दर, तर ठूलो र सुन्दर दुवै हुन नसक्ने भनेर संक्षिप्त प्रतिक्रिया दिएका थिए। त्यसपछि सो विधेयकलाई घृणित र घिनलाग्दो भनेका थिए।

ुमलाई माफ गर्नुहोस्, तर म यो अब सहन सक्दिनँ,ु आफ्नो सामाजिक सञ्जाल एक्समा उनले पोस्ट गरेका थिए, ुयो विशाल, अपमानजनक र सांसदको स्वार्थले भरिएको संसदीय खर्च विधेयक एक घृणित, घिनलाग्दो कुरा हो। यसको पक्षमा मतदान गर्नेहरूलाई लाज लाग्नुपर्छस् तपाईंलाई थाहा छ तपाईंले गलत गर्नुभयो। तपाईंलाई यो थाहा छ,ु उनले जोड दिएका थिए।

तर मस्क त्यतिमै रोकिएनन्।

उनले ट्रम्पबारे व्यक्तिगत आक्षेप पनि लगाएका थिए। शक्तिशाली र धनाढ्यलाई बालिकाहरू वेश्याका रूपमा मिलाउने जेफ्री एपस्टिन बारेको अनुसन्धान फाइल आफू पनि सो काण्डमा मुछिने भएकाले ट्रम्पले सार्वजनिक नगरेको आरोप लगाएका थिए।

जेलमा रहेका एपस्टिनले ट्रम्पको पहिलो कार्यकालमा २०१९ मा जेलभित्रै आत्महत्या गरेका थिए। ट्रम्पले मस्कका कम्पनीलाई दिइरहेको अनुदान कटौती गर्ने भनेपछि मस्कले ट्रम्पलाई महाभियोग लगाउनुपर्ने समेत बताएका थिए।

उनले ट्रम्पलाई आफैले राष्ट्रपति बनाएकोसमेत दाबी गरेका थिए।

राष्ट्रपतिसँगको झगडाले आफ्नो व्यवसायमा नोक्सानी हुने भएपछि मस्कले ती पोस्टहरूबारे तीन साताअघि पछुतो भएको भनेर सार्वजनिक रूपमा घुमाउरो पाराले माफी मागेका थिए। तर उनले सिधै माफी भने मागेनन्।

त्यस्तै, ट्रम्पविरूद्ध उनले गरेका धेरै पोस्टहरूमध्ये कुन(कुनमा पछुतो लागेको भनेर पनि खुलाएनन्। त्यतिबेला मस्कको आक्रमणबाट ट्रम्पलाई रिस उठ्नुभन्दा पनि धेरै उनको चित्त दुखेको भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्।

आफू रक्सी वा कुनै पनि मादक पदार्थ सेवन नगर्ने ट्रम्पले आफ्ना सल्लाहकारहरूसँग मस्कले लागुपदार्थ सेवन गरेर त्यसरी झगडा गरेको अनुमान गरेका थिए भनेर समाचारहरू आएका छन्।

द वाल स्ट्रीट जर्नल र द न्युयोर्क टाइम्सले मस्कले ट्रम्पको चुनावी अभियानका दौरान र त्यसअघि केटामिन, साइकेडेलिक च्याउ, ‘एक्स्टसी’ सहित अवैध लागुपदार्थ प्रयोग गरेको भनेर केही समयअघि समाचार नै लेखेका थिए।

उनले ट्रम्पलाई राष्ट्रपतीय निर्वाचन जिताउन मस्कले २५ करोड डलरभन्दा धेरै खर्च गरेका थिए। त्यसैले चुनाव जितेपछि ट्रम्पले मस्कलाई सरकारी सेवा प्रभावकारी बनाउन खोलेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी ९डोज० को प्रमुख बनाएका थिए।

ट्रम्पसँगको निकटताका कारण मस्कलाई धेरै नोक्सानी भएपछि भर्खरै उनले डोज छोडेका हुन्। यो वर्षको पहिलो त्रैमासमा टेस्लाको नाफा ७१ प्रतिशत घटेको अप्रिलमा सार्वजनिक भएको थियो। त्यसको केही घण्टापछि मस्कले अब भने आफ्नो ध्यान टेस्लामा बढी केन्द्रित हुने घोषणा गरेका थिए।

अघिल्लो वर्ष पहिलो त्रैमासमा टेस्लाको नाफा १ अर्ब ४० करोड डलर थियो। यो वर्ष पहिलो त्रैमासमा ४० करोड ९० लाख डलर मात्रै कमाएको छ। यसरी बिक्रीमा भारी गिरावट आएकाले कम्पनी सम्हालेर स्थिति सुधार्न र लगानीकर्तालाई विश्वास दिलाउन मस्कले सो घोषणा गरेको मानिन्छ।

गत नोभेम्बरमा ट्रम्पले चुनाव जितेपछि टेस्लाको सेयर र मस्कको व्यक्तिगत सम्पत्ति दुवै ह्वात्तै बढेको थियो। ट्रम्पसँगको निकटताका कारण स्वचालित कार बनाउने क्रममा रहेका नियामकीय बाधा कम हुनेलगायत अरू फाइदाका कारण टेस्लाको व्यापार झन् बढ्ने अपेक्षा गरिएको थियो। तर त्यस्तो भएन।

ट्रम्पले कार्यभार सम्हालेपछि मस्कले अमेरिकाको संघीय सरकारको शासकीय संरचनामा धावा बोलेका छन्। त्यस्तै, युरोपेली देशहरूको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै ट्रम्पजस्तै उग्र दक्षिणपन्थी विचारधारा भएका पार्टीलाई समर्थन गरेका छन्।

त्यसैकारण ट्रम्पको विजयपछि मस्क र टेस्लालाई प्राप्त सबै लाभ गुमेको छ। टेस्ला कम्पनीले आधिकारिक रूपमै राजनीतिक कारणले आर्थिक नोक्सानी भएको स्वीकार समेत गरेको थियो।

टेस्ला कम्पनीलाई नोक्सान भएको बेला ट्रम्पले अरू कम्पनीलाई पनि हानि पुर्‍याउन सक्ने भएकाले मस्कले आफ्नो व्यवहारका लागि पछुतो लागेको भनेर सम्बन्ध सुधार गर्न खोजेका थिए। तर खर्च विधेयक सिनेटबाट पास हुने बेलामा उनले फेरि ट्रम्पसँग झगडा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com