काठमाडौ १७ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्य व्यवस्था समितिले पठाएकै प्रतिवेदन हुबहु सभाबाट पारित भएको बताएका छन्।
निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था नै निष्क्रिय हुने शब्द कसरी घुस्यो भन्ने विषयमा राज्य व्यवस्था समितिका पदाधिकारी तथा सदस्यसँग छलफलका क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
छलफलपछि उनले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै भने, ‘उहाँहरू यो बेठिक भयो, यो निर्णय हामीले गर्या हो र भनेर आउनुभयो, मैले तपाईँहरूले पठाएको प्रतिवेदन त हो भनेँ।’
घिमिरेले राष्ट्रियसभाबाट सच्याएर आएमा प्रतिनिधिसभाले पनि संशोधन स्वीकार गर्ने बताए। ‘समितिबाट सबैले गलत नै भयो सच्याउनुपर्छ भन्नु भएको छ,’ उनले भने, ‘ राष्ट्रिय सभामा सच्याएर आयो भने प्रतिनिधिसभाले पनि यसलाई संशोधन गर्ने, स्वीकार्ने, नस्वीकार्ने कुरा होला।’
घिमिरेले बोलेको कुराहरू सबै रेकर्डमा रहेको समेत उल्लेख गरे। ‘बोलेको रेकर्डहरू छ कि छैन भनेर कुरा भयो,’ उनले भने, ‘प्रस्तुतिहरूमा के–के भएको थियोरु कसकसले के–के राय राख्नु भएको थियोरु लेख्दा कसले लेख्नु भयो, सही गर्दा कसकसले गर्नुभयोरु मैले यसमा सचिवालयलाई भनिसक्या छु।’
विधेयकमा कसको रुचिमा चलखेल भएको हो भन्ने कुरा खोज्ने सबैको कर्तव्य भएको समेत सभामुख घिमिरेको भनाइ छ। ‘मुख्यगरी गलत खालको विधेयक पास नहोस् पहिलो कुरा ध्यान जानुपर्यो,’ उनले भने, ‘यो कसको इन्ट्रेस्टले भयो, के कारणले भयो भन्ने कुराहरूको खोजिनीति गर्ने हाम्रो कर्तव्य नै हो।’








प्रतिक्रिया दिनुहोस्