ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजामती विधेयक, समितिले पठाएकै प्रतिवेदन हुबहु सभाबाट पारित भएको हो- सभामुख


abc news
असार १७, २०८२ मंगलबार  ५ : ०३ बजे

काठमाडौ १७ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्य व्यवस्था समितिले पठाएकै प्रतिवेदन हुबहु सभाबाट पारित भएको बताएका छन्।

निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था नै निष्क्रिय हुने शब्द कसरी घुस्यो भन्ने विषयमा राज्य व्यवस्था समितिका पदाधिकारी तथा सदस्यसँग छलफलका क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

छलफलपछि उनले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै भने, ‘उहाँहरू यो बेठिक भयो, यो निर्णय हामीले गर्‍या हो र भनेर आउनुभयो, मैले तपाईँहरूले पठाएको प्रतिवेदन त हो भनेँ।’

घिमिरेले राष्ट्रियसभाबाट सच्याएर आएमा प्रतिनिधिसभाले पनि संशोधन स्वीकार गर्ने बताए। ‘समितिबाट सबैले गलत नै भयो सच्याउनुपर्छ भन्नु भएको छ,’ उनले भने, ‘ राष्ट्रिय सभामा सच्याएर आयो भने प्रतिनिधिसभाले पनि यसलाई संशोधन गर्ने, स्वीकार्ने, नस्वीकार्ने कुरा होला।’

घिमिरेले बोलेको कुराहरू सबै रेकर्डमा रहेको समेत उल्लेख गरे। ‘बोलेको रेकर्डहरू छ कि छैन भनेर कुरा भयो,’ उनले भने, ‘प्रस्तुतिहरूमा के–के भएको थियोरु कसकसले के–के राय राख्नु भएको थियोरु लेख्दा कसले लेख्नु भयो, सही गर्दा कसकसले गर्नुभयोरु मैले यसमा सचिवालयलाई भनिसक्या छु।’

विधेयकमा कसको रुचिमा चलखेल भएको हो भन्ने कुरा खोज्ने सबैको कर्तव्य भएको समेत सभामुख घिमिरेको भनाइ छ। ‘मुख्यगरी गलत खालको विधेयक पास नहोस् पहिलो कुरा ध्यान जानुपर्‍यो,’ उनले भने, ‘यो कसको इन्ट्रेस्टले भयो, के कारणले भयो भन्ने कुराहरूको खोजिनीति गर्ने हाम्रो कर्तव्य नै हो।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com