ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटक प्रहरी चौकी विस्तारको माग


admin

रसुवा, १७ चैत । पर्यटकीय पदमार्गका दुई स्थानमा पर्यटन प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ । 


रसुवाको लाङटाङ पदमार्गको घोडातबेला, गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनबारी र तामाङ सम्पदा मार्गको तातोपानी क्षेत्रमा पर्यटक प्रहरी चौकीको विस्तार गर्न यहाँका पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्ड पर्यटक प्रहरी एकाइको आयोजनामा भएको कार्यक्रममा माग गरेका हुन् ।
स्याफ्रुबेँसीमा चार वर्षदेखि १० जनाको दरबन्दीमा पर्यटक प्रहरी चौकी स्थापना भए पनि उकालो जंगलको बाटो ३० प्रतिशतभन्दा बढी पर्यटक विनापथप्रदर्शक हिँड्ने भएकाले चौकी विस्तार र पर्यटक प्रहरीको गस्तीलाई थप तीव्रता दिन आग्रह गरिएको पर्यटन व्यवसायी सिङ्गी ढिण्डुप तामाङले बताउनुभयो ।

‘पर्यटकको सुरक्षामा पर्यटक प्रहरीको औचित्यता’ विषयको अन्तरक्रियात्मक कार्यक्रममा शुक्रबार उत्तरी रसुवाको स्याफ्रुबेँसीमा भेला भएका पर्यटन व्यवसायीले पर्यटक प्रहरीले अहिलेसम्म गरेको सेवा सन्तोषजनक भएको प्रतिक्रिया आएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्री र एकाइका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले बताउनुभयो । सबै पर्यटकलाई पथप्रदर्शकका साथमा हिँडाउने व्यवस्था गराउन सहभागीले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com