ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा सत्ता परिवर्तन हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी


abc news
असार ९, २०८२ सोमबार  ११ : २३ बजे

काठमाडौ ९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तन हुन सक्ने टिप्पणी गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा ‘यदि मौजुदा इरानी सरकारले इरानलाई फेरि महान बनाउन सक्दैन भने शासन परिवर्तन किन नगर्ने’ भनेर लेख्नुभएको छ । तर अमेरिकी सरकारका अरु वरिष्ठ अधिकारीहरूले भने फरक धारणा सार्वजनिक गरेका छन् ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले यो आक्रमण सत्ता परिवर्तनका लागि नभई ईरानको परमाणु कार्यक्रमलाई रोक्न गरिएको बताउनुभएको छ । यसअघि उपराष्ट्रपति जेडी भ्यान्सले पनि अमेरिकाको उद्देश्य सत्ता परिवर्तन नभई ईरानको परमाणु खतरा अन्त्य गर्नु भएको बताउनुभएको थियो ।

इजरायल र इरानबीच लडाइँ कायमै रहेको बेला अमेरिकाले शनिवार राति इरानका फोर्दो, नतान्ज र एस्फाहन परमाणु केन्द्रमा बम आक्रमण गरेको थियो ।

साउदी अरब, कतार, पाकिस्तानलगायतका इस्लामिक देशहरूले अमेरिकाप्रति कडा प्रतिक्रिया जनाएका छन् । ती देशहरूले अमेरिकाको कारबाहीलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भन्दै यसले क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर खतरा उत्पन्न गरेको बताएका छन् । उनीहरुले कूटनीतिक संवादमार्फत समस्या समाधान गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com