ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब-किताब हुन्छ


abc news
असार ८, २०८२ आईतबार  ५ : ३३ बजे

काठमाडौ ८ असार । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ कान्छाराम ले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आवश्यकताको आधारमा योजना छनोट नगरेको बताएका छन् ।

काठमाडौं बसेर काठमाडौंमै मात्रै योजना हालेको भन्दै उनले प्रकाशमान सिंह देशभरिको नेता बन्न नसकेको बताए ।

पार्टीमा पनि नेता रहेका प्रकाशमान सिंहले बजेटमा गरेको असमान वितरणको हिसाब किताब पार्टीको १५औं महाधिवेशनमा गर्ने चेतावनी दिए ।

‘तपाईं सुध्रिनुस् भनेर भनिदिएको हो । हरेक मान्छेले तपाईंलाई चयाप्दै ल्याएको छ,’ उनी भन्छन्, ‘१५औं महाधिवेशनमा तपाईंसँगको कुराको छलफल हुन्छ । हामी पनि महाधिवेशन चुनाव जितेर आउँला नि,’ सांसद कान्छारामले भने ।

बजेटको असमान वितरणबारे पार्टीमै कुरा राख्न खोजेको पनि उनले बताए ।

दलले बैठक नराखेकोले संसद्‍मै राखेको उनले बताए । पार्टी सभापति हुने भनेर आशा गरेको व्यक्तिबाट असमान बजेट वितरण हुनुले दुस्ख लागेको उनको भनाइ छ ।

सांसद तामाङले अर्थमन्त्री विष्णु पौडेले पनि आफ्नो र शीर्ष नेताको निर्वाचन क्षेत्र मात्रै हेरेको आरोप लगाए । सहरी विकास मन्त्री र अर्थमन्त्रीले मित लगाए जस्तो योजना साटासाट गरेको टिप्पणी गरे ।

सांसद तामाङले सहरी विकासमन्त्री सिंह र अर्थमन्त्री विष्णु पौडेल दुवै २०८४ को चुनावमा पुनस् चुनाव जितेर संसद्‍मा नआउन् भन्ने कामना पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com