ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानसँगको युद्धमा अमेरिका सामेल, अब के हुन्छ ?


abc news

काठमाडौ ८ असार । कूटनीतिज्ञ, सैन्य मामलाका विज्ञ तथा सुरक्षा विश्लेषकहरूका अनुसार इजरायल तथा यसका प्रधानमन्त्रीले आउँदा दिनमा थप झमेला सामना गर्नुपर्ने विष्लेषण गरेका छन् । हाल चलिरहेको इरानविरुद्धको अभियानले पूरै मध्यपूर्वलाई अस्थिरतातर्फ धकेल्ने उनीहरूको भनाई छ ।

अमेरिकाले आइतबार फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलहरूमा गरेको थियो । यसको पुष्टि इरानले पनि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका थिए, ‘हामीले फोर्डो, नातान्ज र इस्फहानका तीन इरानी आणविक स्थलहरूमा सफलतापूर्वक आक्रमण गरेका छौँ। सबै विमानहरू अब इरानी हवाई क्षेत्रबाट बाहिर छन्। सबै विमानहरू सुरक्षित रूपमा अमेरिका फर्किरहेका छन्।’

आक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरे । यस सम्बोधनमा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली सेनालाई धन्यवाद दिएका छन्।

ट्रम्पले सम्बोधनका क्रममा इरानका धेरै लक्ष्यहरू अझै प्रहार गर्न बाँकी रहेको पनि बताए । उनले भने, ‘अब इरानले शान्तिको बाटो रोज्नुपर्छ। यदि उनीहरूले त्यसो गरेनन् भने, भविष्यका आक्रमणहरू अझ ठुला हुनेछन्।’

इरानको आणविक स्थलहरूको बारेमा कुरा गर्दै ट्रम्पले भने, ‘मानिसहरूले वर्षौँदेखि यी ठाउँहरूको नाम सुन्दै आएका थिए किनभने त्यहाँ खतरनाक र विनाशकारी योजना तयार भइरहेको थियो। म संसारलाई भन्न चाहन्छु कि आज रातिका आक्रमणहरू पूर्ण रूपमा सफल भएका छन्।’

ट्रम्पले इरानलाई चेतावनी दिँदै भने, ‘या त अब शान्ति हुनेछ, नत्र इरानले विगत आठ दिनमा देखेको भन्दा धेरै ठुलो त्रासदीको सामना गर्नेछ।’

अमेरिका प्रत्यक्ष रूपमा संलग्न भएर जमिनभित्रसम्म छेड्न सक्ने बमको प्रयोग गरे पनि इरानको फोर्डो आणविक केन्द्र ध्वस्त हुन्छ कि हुँदैन भन्ने कुरामा संशय पैदा हुन थालेका छन् । किनभने फोर्डोको आणविक केन्द्र पहाडको धेरै भित्र गहिराइमा रहेको छ ।

अमेरिकी आक्रमणपछि इरानले एक वक्तव्य जारी गर्दै आफ्नो आणविक स्थलहरूमा कुनै क्षति नभएको र ती पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ । साथै, रेडिएसन चुहावटको खतरालाई पनि अस्वीकार गरिएको छ ।

इरानको आणविक ऊर्जा संगठन ९एईओआई० ले अमेरिकी हवाई आक्रमणपछि देशका प्रमुख आणविक स्थलहरूमा कुनै पनि प्रकारको विकिरण चुहावटको खतरालाई आइतबार अस्वीकार गरेको हो । सुरक्षा जाँचमा कुनै पनि प्रकारको विकिरण पत्ता नलागेको आश्वासन सङ्गठनले जानकारी दिएको छ । यी आक्रमणहरूको बाबजुद पनि इरानी आणविक कार्यक्रम नरोकिने भनिएको छ ।

यता, अमेरिकाले आफूमाथि गरेको आक्रमणबाट इरान क्रोधित बनेको छ । यसको जवाफमा उसले इजरायलमाथि पुनः आक्रमण गर्न थालेको छ । इरानले आफ्नो देशमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण सुरु गरेको पुष्टि इजरायली रक्षा बल आईडीएफ० ले पनि गरेको छ ।

पछिल्लो २४ घण्टामा इरानले प्रत्यक्ष रूपमा क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक हो । तेल अभिभमा साइरनको आवाज सुनिएको छ भने सबै नागरिकहरूलाई सतर्क रहन सल्लाह दिइएको छ ।

आईडीएफका अनुसार, इरानले इजरायलतर्फ ४० वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठुलो एकल आक्रमण मानिएको छ । धेरै ठाउँमा क्षेप्यास्त्र खसेको रिपोर्ट आएको छ र राहत टोलीहरू त्यहाँ पुगेर घाइतेहरूको उद्धार गरिरहेका छन् ।

इरानले प्रत्याक्रमणमा प्रहार गरेका ब्यालिस्टिक क्षेप्यास्त्रहरुले इजरायलका सहरसम्म पहुँच भएको देखाएपछि त अझ इजरायल लामो समयसम्म चल्ने द्वन्द्वमा टिक्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठ्न थालेको छ ।

यस मामलाका विज्ञहरुका अनुसार इजरायलले इरानका महत्त्वपूर्ण क्षेत्र तथा व्यक्तिहरुलाई निशाना बनाउने काममा पाएको सफलता तथा आणविक कार्यक्रम ध्वस्त पार्ने र इरानमा सत्ता परिवर्तन गर्ने रणनीतिक लक्ष्यमा धेरै ठुलो फरक छ ।

लन्डल स्कुल अफ इकोनोमिक्समा अन्तराष्ट्रिय सम्बन्धका प्राध्यापक रहेका टोबी डोजका अनुसार इजरायलमा आफ्नो स्थापनाकालदेखि हाबी रहेको सबै राजनीतिक समस्यालाई हिंसा र शक्तिद्वारा समाधान गर्न सकिन्छ भन्ने धारणाको बोलवाला छ ।

उनले भने, ‘तर मलाई के लाग्छ भने इरानको सत्ता बाहिर सोचिएको भने धेरै मजबुत छ । प्राविधिक आधुनिकीकरण तथा विस्तारमा इरानको प्रतिबद्धताको इतिहास पनि पुरानो छ । जसलाई बमले सजिलै ध्वस्त बनाउन सम्भव हुँदैन ।’

विश्लेषकहरू तनाव अझै बढाउँदै अनिश्चित सोचाइवाला अमेरिकी राष्ट्रपति ट्रम्पलाई युद्धमा तानेर इजरायली रणनीतिले ल्याउने नतिजाबारे विश्वस्त छैनन् । जानकारहरूका अनुसार फोर्डोको आणविक केन्द्र ९० मिटर बाक्लो चट्टानभित्र जमिनमुनि रहेको छ । जसलाई ध्वस्त पार्न अमेरिकाले आफूसँग रहेका शक्तिशाली बमको प्रयोग गर्दा पनि ध्वस्त पार्न सक्ने निश्चित छैन ।

उल्टै यस्तो कदमले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधारहरूमा इरानले आक्रमण गर्ने जोखिम भने बढाउँछ । यसले द्वन्द्व अन्त्यको साटो झन् बढाउने खतरा हुन्छ ।

इजरायलका लागि पूर्व राजदूत तथा अवकाश प्राप्त अमेरिकी राष्ट्रिय सुरक्षा पूर्वअधिकारी डेनियल सी। कुर्टजरले यो हप्ता अमेरिकी अखबार ‘फरेन अफेयर्स’मा लेखेका थिए, ‘अमेरिकाले फोर्डोमा आक्रमण गर्दा त्यसले इरानलाई अमेरिका विरुद्ध जाइलाग्ने बाटो खोलिदिन्छ ।’

उनी भन्छन्, ‘इरानले अमेरिकी नागरिकहरूको हत्या गरेर बदला लिन सक्छ । त्यसले अमेरिकालाई थप आक्रामक हुनुपर्ने अवस्थामा पुर्‍याउँछ ।’

कुर्टजरका अनुसार त्यस लगत्तै अमेरिकाले इरानको मुख्य नेतृत्वलाई निशाना बनाउनुपर्ने हुन्छ । उनले भने, ‘अमेरिका फेरि अर्को मुलुकमा सत्ता परिवर्तनको गतिविधिमा फस्न पुग्छ । यस्तो गतिविधि अहिले असाध्यै कम अमेरिकीहरू मात्रै अमेरिकाले गरोस् भन्ने चाहना राख्छन्।’

अमेरिकाले रोकेको भनिएको अयोतल्लाह अलि खमेनीको हत्या र इरानको सम्भावित सत्ता परिवर्तनले अहिले नै मध्यपूर्वमा ठुलो जोखिमको अवस्था सिर्जना गरिसकेको छ । मध्यपूर्वको अर्को मुलुक इराकका धार्मिक नेता अयोतल्लाह अलि अल(सिस्तानीले आफ्नो दुर्लभ बयानमा इरानको सत्ता परिवर्तनले मध्यपूर्वमा ठुलो खतरा निम्त्याउने बताएका छन् ।

किंगस कलेज लण्डन अन्तर्गत प्रतिरक्षा अध्ययन विभागका सह(प्राध्यापक आन्देस क्रेइग पनि अमेरिकी संलग्नताको प्रभावकारितामा आशङ्का व्यक्त गर्छन् । उनी आफै पनि मध्यपूर्वमा लामो समय काम गरेका मानिस हुन् ।

उनी इरानमा सत्ता परिवर्तन वा आणविक क्षमता समाप्त पार्नका लागी हवाई शक्तिको प्रयोगले मात्रै पुग्नेमा विश्वस्त छैनन् । उनी भन्छन्, ‘हवाई शक्ति सबै थोक पक्कै होइन । यसले मात्रै सबै काम गर्दैन भन्ने भन्ने हामीले सिकिसकेका छौँ । साथै इराक र अफगानिस्तानको उदाहरणले जमिनमा सैन्य उपस्थिति गराउँदा पनि सोचेको लक्ष्य हासिल नहुन सक्छ भन्ने हामीले जानेका छौँ

इजरायलको अहिलेको कारबाहीबारे उनी भन्छन्, ‘हामी इजरायलले रणनीतिक दृष्टिकोण लिनुको सट्टा हवाई शक्तिको प्रयोगमार्फत तत्कालीन कारबाहीमा जोड दिएको देखिरहेका छौँ । यस्तो क्षणिक कारबाहीको तरिकाले रणनैतिक रूपमा भने घाटा गराउन सुरु गरिसकेको छ । यसले राजनीतिक रूपमा क्षति पुर्‍याउन सक्छ । अहिलेको गतिबिधिबाट इजरायलले आशा गर्ने भनेको हिज्बुल्लाह बिरुद्धको अभियान जति मात्रै हो । जसले छोटो समयमा हिज्बुल्लाहको सञ्जाल तथा क्षमता कम गराउन सफल भएको थियो ।’

उनले थपे, ‘इरानको प्रतिरक्षा पूर्वाधार विकेन्द्रित रूपमा निर्माण गरिएको छ । केही नेताको हत्या वा संरचना ध्वस्त गरेर मात्रै लक्ष्य हासिल हुँदैन । खमेनीको हत्याबाट उत्तराधिकारीको सङ्कट पैदा हुन्छ भन्ने इजरायलको ठुलो आशा हुनसक्छ ।’

नेतान्याहुको अनुमान गलत हुन सक्छ
यसबारे नेतान्याहुको अनुमान पनि गलत हुन सक्छ । उनी आफूलाई अमेरिकी राजनीतिबारे बुझ्न र त्यसलाई चलाउन आफूलाई माहिर ठान्छन् ।

तर, इरानमा भएको आक्रमणलाई लिएर अमेरिकामा जनमत विभाजित हुन थालेको छ । डोनाल्ड ट्रम्पको मुख्य आधार मानिने ‘मागा ९मेक अमेरिका ग्रेट अगेन० आन्दोलन’मा पनि विभाजनको जोखिम बढेको छ । ट्रम्पमाथि बढ्दै गरेको घरेलु दबाबका कारण इजरायलले आफूलाई अप्ठेरो अवस्थामा पाउन सक्छ ।

ट्रम्पको कदमको डेमोक्र्याट पार्टीले तीव्र आलोचना गरेको छ । अमेरिकी संसद्का अल्पसङ्ख्यक नेता हाकिम जेफ्रीजले एक्समा लेख्दै भने, ‘इरानमाथिको आक्रमणले युद्धको जोखिम निकै बढाएको छ। राष्ट्रपति ट्रम्पले देशलाई आफ्नो नियतबारे झुक्क्याए, संसद्बाट स्वीकृति नलिईकन सैन्य शक्ति प्रयोग गरे र अब सम्भावित विनाशकारी युद्धतर्फ देशलाई तान्ने जोखिम बढाएका छन्।’

उनले थपे, ‘ट्रम्पले एकलौटी निर्णयबाट भएका सबै नकारात्मक परिणामहरूको पूर्ण जिम्मेवारी लिनुपर्छ।’

त्यस्तै, डेमोक्र्याट सिनेटर बर्नी स्यान्डर्सले आक्रमणलाई ‘गम्भीर रूपमा असंवैधानिक’ भनेका छन्। ‘अमेरिकालाई युद्धमा लैजाने अधिकार केवल अमेरिकी संसद्लाई मात्र छ। राष्ट्रपतिसँग त्यो अधिकार छैन,’ उनले प्रस्ट पारे।

अर्कोतर्फ, रिपब्लिकन सिनेटर मिच म्याककोनेलले भने ट्रम्पको कदमको समर्थन गरेका छन्। उनले भने, ‘इरानलाई आणविक हतियार बनाउन नदिने ट्रम्पको निर्णायक कदम उचित र साहसिक हो। यो युद्धको उक्साहट होइन, तेहरानका युद्धप्रेमीहरूलाई दिइएको ठोस चेतावनी हो। अमेरिकाको दृढ नीतिलाई इरानले गलत नबुझुन्।’

तर, डेमोक्र्याट सिनेटर मार्क वार्नरले भने ट्रम्पको कदमले अमेरिका अर्को ‘अनावश्यक र दीर्घकालीन युद्ध’मा तानिने खतरा बढाएको बताए। अमेरिका अनावश्यक द्वन्द्वमा नफसोस् भनेर वार्नरले ट्रम्पलाई संसद्मा आएर आफ्नो उद्देश्य र योजना स्पष्ट गर्न आह्वान गरेका छन्।

इजरायलले बढ्दो चुनौती सामना गर्नुपर्ने हुन सक्छ । अहिले इजरायलसँग भएका ‘मिसाइल इन्टरसेप्टर’हरू पनि घट्दै गएको अवस्था छ । पटक–पटकको कारबाहीबाट थकित चालक दल, विमानमा आवश्यक पर्ने मर्मत सम्भार तथा योजनाबद्ध लक्ष्यहरू पूरा नहुने कारणले गर्दा इजरायललाई लामो समयसम्म अहिलेको जस्तै उच्च तीव्रतामा लडाइँ जारी राख्न गाह्रो हुने सम्भावना छ । अभियानमा आउने कुनै पनि प्रकारको कमीलाई इरानले आफ्नो विजयको अर्थमा प्रयोग गर्न सक्छ ।

यी सम्भावनाहरूको चर्चा माझ तेस्रो सम्भावना पनि विद्यमान छ । आफ्नो पुस्तक ‘वेजिङ मोडर्न वार’मा नेटोका पूर्व कमाण्डर वेस्ली क्लार्कले सन् १९९९ को कोसोभो हवाई अभियानको लक्ष्य सरल रहेको बताएका छन् । त्यो हो, जसरी हुन्छ सर्बहरूलाई शान्ति वार्तामा ल्याउनू ।

इरानका वार्ताकारहरूसँग पुनः सम्बन्ध स्थापित गरेसँगै युरोपेली टोलीले जेनेभामा कुराकानी गरिसकेको छ । इरान आणविक सम्झौतामा सहमत भएको अवस्थामा इजरायलले भने धेरै मूल्य चुकाउनु पर्ने हुन सक्छ । कम्तीमा पनि इजरायलसँग शत्रुतापूर्ण सम्बन्ध रहेको इरानी शासन सत्तामा कायमै रहनेछ भने इजरायलको सैन्य शक्तिको सीमा पनि छताछुल्ल हुनेछ ।

गार्जियन र बीबीसी र अलजजिरालगायत विभिन्न एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com