ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी आक्रमणपछि इसराइलमा पहिलो पटक इरानले हान्यो मिसाइल


abc news

काठमाडौ ८ असार । इरानले इसराइलमा आक्रमण गरेको छ। आइतबार राति अमेरिकाले तीन वटा आणविक परियोजना क्षेत्रमा हमला गरेपछि इरानले दिउँसो इसराइलमा मिसाइल हानेको हो।

अमेरिकी मिडिया सिएनएनका अनुसार इरानले इसराइलको राजधानी तेल अविभ नजिकै अपार्टमेन्ट भवनहरूमा मिसाइल र ड्रोनले हमला गरेको हो।

इरानी हमलाबाट त्यहाँका भवनहरू खण्डहरमा परिणत भएको छ।

चार तलाका धेरै भवनहरू क्षतिग्रस्त भएको सिएनएनले उल्लेख गरेको छ।

अमेरिकाले इरानमा हमला गरेयता इरानले पनि इसराइलमा आक्रमण मिसाइल र ड्रोनले हानिरहेको छ।

इसराइलको स्वास्थ्य मन्त्रालयका अनुसार बिहानदेखिको आक्रमणमा इसराइलमा ८६ जना मानिसहरू घाइते भएका छन्।

तीमध्ये ७७ जना मध्यम घाइते छन् ।

इरानी हमलाबाट क्षतिग्रस्त भवनको भग्नावशेष हटाउन अहिले त्यहाँ ठूला ठूला मेसिन प्रयोग गरिएको छ।

आइतबार बिहान साढे २ बजे अमेरिकाले इरानमा हमला गरेको थियो। अमेरिकाले नतान्ज, फर्दो र इस्फहानको आणविक परियोजनामा हमला गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती आणविक कार्यक्रम ध्वस्त पारिएको दाबी गरेको छ। यसबारे इरानले भने केही प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com