ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले खेलेको जुवा : अमेरिकी सेना फेरि धकेलियो पश्चिम एसियाको युद्धमा


abc news
असार ८, २०८२ आईतबार  ३ : १९ बजे

काठमाडौ ८ असार । पश्चिम एसियाको दुई दशक लामो युद्धबाट बल्लबल्ल उम्किन खोजिरहेको अमेरिका इरानमा बमबारीसँगै पुनः युद्धमा तानिएको छ। र, यो काम सधैँको युद्धबाट मुक्ति दिलाउने वाचा गरेर निर्वाचित भएका डोनाल्ड ट्रम्पले नै गरेका छन्।

सो क्षेत्रमा सैन्य शिविर र युद्धपोतमा गरी ४० हजारभन्दा बढी अमेरिकी सेना तैनाथ छन्। अमेरिकाले तीन इरानी आणविक केन्द्रमा बम हानेसँगै इरानले बदला लिनेमा अमेरिकी रक्षा मन्त्रालय विश्वस्त देखिन्छ। त्यसैले सो क्षेत्रमा रहेका आफ्ना सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिइएको बताइएको छ।

अमेरिकी अधिकारीहरूलाई उधृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार इरानको फोर्डो आणविक केन्द्रमा ६ वटा बी२ विमानले १२ वटा बंकर बस्टर बम खसाएका छन्। सो बम अमेरिकाले पहिलोपटक युद्धमा प्रयोग गरेको हो।

त्यस्तै, पण्डुब्बी जहाजले नातान्ज र इस्फहानमा ३० वटा क्रुज मिसाइल प्रहार गरेका छन्। नातान्जमा दुईवटा बंकर बस्टर पनि खसाइएको अमेरिकी अधिकारीहरूको भनाइ छ।

राष्ट्रपति ट्रम्पसहितका अधिकारीहरूले फोर्डो आणविक केन्द्र नष्ट भएको दाबी गरेका छन्। सो आक्रमण सफल भए पनि वा नभए पनि इरानका तर्फबाट बदलामा सैन्य कारबाही हुने सम्भावना उच्च छ।

अमेरिकाका तर्फबाट भने इरानले जवाफी कारबाही नगरुञ्जेल थप हमला नहुने अधिकारीहरूले बताएका छन्।

विश्लेषकहरूले ट्रम्पको यो निर्णयलाई उनको दोस्रो कार्यकालको सबैभन्दा ठूलो जुवा भनेका छन्। हुन पनि गत दुई दशकमा अमेरिकाले इरानको आणविक कार्यक्रमलाई रोक्न नाकाबन्दी, तोडफोड, साइबर हमला र कूटनीतिक सौदाबाजीजस्ता उपाय अपनाउँदै आएको थियो।

अब इरानले जस्तोसुकै बदला लिए पनि त्यसलाई रोक्न सकिन्छ भन्ने ट्रम्पको हिसाबकिताब देखिन्छ।

त्यसभन्दा पनि महत्त्वपूर्ण, अब इरानले कहिल्यै पनि आणविक हतियार बनाउन नसक्ने आकलन ट्रम्पको देखिन्छ। तर, उनको त्यो अड्कल गलत साबित हुनसक्ने सम्भावना ज्यादा छ। किनभने इरानले यसअघि नै अमेरिकाले आक्रमण गरे आणविक अप्रसार सन्धिबाट बाहिरिने चेतावनी दिइसकेको छ।

युरोपेली अधिकारीहरूका अनुसार आक्रमणका समयमा ट्रम्पका सहयोगीहरूले युरोपलाई आफूहरूको उदेश्य युद्ध सुरु गर्नु नभई इरानको आणविक कार्यक्रम नष्ट गर्नु मात्र भएको बताएका थिए। उनीहरूले यसको तुलना २०११ मा ओसामा बिन लादेन मारिएको सैन्य कारबाहीसँग गरेका थिए।

तर, कतिपय विश्लेषकहरू इरानले अब आणविक कार्यक्रमलाई भूमिगत बनाउने र अझ छिटो हतियार प्राप्तिको दिशामा अघि बढ्ने जोखिम रहेको बताउँछन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

सम्बन्धित

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com