काठमाडौ ८ असार । इजरायली रक्षा बलले इरानका धेरै ुसैन्य अड्डाुमा आक्रमण गर्न थालिएको बताएको छ।
आईडीएफले आफ्नो एक्स अकाउन्टमार्फत इरानका धेरैवटा सैन्य अड्डामा हमला सुरु गरिएको जानकारी दिएको हो।
आईडीएफले एक्समा लेखेको छ, ‘आईडीएफले पश्चिमी इरानका धेरै सैन्य अड्डाहरूमा आक्रमण गर्न थालेको छ। आज बिहान आईडीएफले इरानी सैनिकहरूलाई पनि आक्रमण गरेको छ, जो इजरायलमा आक्रमण गर्न तम्तयार थिए।’
आईडीएफले केही समयअघि इजरायलतर्फ प्रहार गरिएका क्षेप्यास्त्र तुरुन्तै निष्क्रिय पारिएको दाबी पनि गरेको छ।
यसैबीच इरानको सरकारी सञ्चारमाध्यमले इरानले बेन गुरियन विमानस्थलसहित इजरायलका धेरै क्षेत्रलाई निसाना बनाएको बताएको छ।
साथै इजरायली सेनालाई मद्दत गर्ने केन्द्र, सेनाका कमान्ड तथा नियन्त्रण कार्यालय र जैविक अनुसन्धान केन्द्रलाई पनि लक्ष्य गरिएको इरानको दाबी छ।
इरानी मिडियाका अनुसार, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले इजरायलविरुद्धको यो आक्रमणमा लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरिएको बताएको छ।
इजरायललाई साथ दिँदै अमेरिकाले पनि शनिबार राति इरानमा बम हमला गरेको छ।








प्रतिक्रिया दिनुहोस्