ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमाथिको आक्रमण सफल- डोनाल्ड ट्रम्प


abc news
असार ८, २०८२ आईतबार  ११ : ४७ बजे

काठमाडौ ८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरिएका आक्रमण सफल भएको बताएका छन् । साथै उनले इरानले शान्तिको मार्ग रोज्नुपर्ने पनि बताएका छन् ।

इरानका तीन परमाणु केन्द्रमा बंकर बस्टर बम खसालेपछि देशबासीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘म संसारलाई जानकारी दिन चाहन्छु कि यी आक्रमणहरु सैन्य हिसाबले अत्यन्तै सफल भएका छन् ।’

ट्रम्पले ह्वाइट हाउसमा उपराष्ट्रपति जे।डी। भान्स, विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथलाई सँगै राखेर देशबासीलाई सम्बोधन गरेका थिए । उनले इरानलाई मध्यपूर्वको ‘गुण्डा’को संज्ञा समेत दिए ।

इरानका आणविक संवर्धन केन्द्रहरु पूर्णरुपमा ध्वस्त पारिएको दाबी गर्दै ट्रम्पले भनेका छन्, ‘मध्यपूर्वको गुण्डा इरानले अब शान्ति गर्नुपर्छ । यदि गरेन भने आगामी आक्रमणहरू अझ धेरै ठूला हुनेछन् ।’

अमेरिकाले शनिबार राति इरानका फोर्दो, नतान्ज र एस्फाहन परमाणु केन्द्रहरुमा आक्रमण गरेको थियो । आक्रमणमा जीबीयू–५७ भनिने बंकर बस्टर बम प्रयोग गरिएको थियो । ती बम बी–२ स्टेल्थ नामको लडाकु विमानले खसालेको थियो ।

जानकारहरुका अनुसार बंकर बस्टर बम जमिनको करिब ६० मिटर मुनि पुगेर विष्फोट हुने गर्दछ । यस्तो खालको बंकर बस्टर बम अमेरिकासँग मात्र भएको बताइन्छ ।

ट्रम्पले दिए इजरायली प्रधानमन्त्रीलाई बधाई

यसअघि इजरायलले मात्र इरानका आणविक केन्द्र र ठूला पूर्वाधारमा लक्षित गरी आक्रमण गरेको थियो । तर शनिबार राति अमेरिकाले पनि आक्रमण गरेपछि इरानविरुद्ध अमेरिका र इजरायलको मिलिभगत पुष्टि भएको छ ।

देशबासीको नाममा सम्बोधन गर्दै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई बधाई समेत दिएका छन् । उनले भनेका छन्, ‘म प्रधानमन्त्री बीबी नेतन्याहुलाई धन्यवाद र बधाई दिन चाहन्छु । हामीले एक टिमको रुपमा काम गर्‍यौं, सम्भवतः अहिलेसम्मकै उत्कृष्ट टिमवर्क । इजरायलमाथिको भयावह खतरा हटाउने दिशामा हामी धेरै अगाडि बढेका छौं ।’

उनले थपे, ‘यो स्थिति अब सह्य छैन । अब या त शान्ति हुनेछ या इरानका लागि त्यस्तो दुर्भाग्य हुनेछ जुन हामीले हालसम्म देखेका छैनौं ।’

शनिबार रातिको लक्ष्य सबैभन्दा कठिन र सायद सबैभन्दा घातक पनि रहेको उनले बताएका छन् । इरान शान्तिको बाटोमा नआए अरु ठाउँमा पनि आक्रमण गर्ने चेतावनी ट्रम्पले दिएका छन् ।

इजरायल र इरानबीच युद्ध सुरु भएपछि मध्यपूर्वको भविष्यबारे बढ्दो प्रश्नका बीच अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन सार्वजनिक भएको हो । आफ्नो सम्बोधनको अन्त्यमा ट्रम्पले भनेका छन्, ‘भगवान् मध्यपूर्वलाई आशीर्वाद दिउन्, भगवान् इजरायललाई आशीर्वाद दिउन् र भगवान् अमेरिका माथि कृपा गरून् ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com