काठमाडौ ५ असार । ‘म गर्न पनि सक्छु, नगर्न पनि सक्छु। म के गर्छु, कसैलाई थाहा छैन।’
इरानमाथि हमला गर्ने तयारीमा हो भनेर सोध्दा बुधबार डोनाल्ड ट्रम्पले यस्तो जवाफ दिएका थिए।
त्यसयता ट्रम्पले इरानमाथि हमलाको योजनालाई अनुमोदन गरिसकेको तर कतै इरान आणविक कार्यक्रम छाड्न तयार भइहाल्छ कि भनेर पर्खिरहेको रिपोर्टहरू सार्वजनिक भएका छन्।
इरानले भने दबाबमा संवाद नगर्ने स्पष्ट पारेको छ।
जे होस्, अमेरिका इरानमाथि आक्रमणको सँघारमा पुगिसकेको देखिन्छ र यसका लागि उसले तयारी पनि तीव्र पारेको छ।
सोमबार दक्षिण चीन सागरमा रहेको यूएसएस निमित्ज नामक विमानवाहक युद्धपोतलाई अमेरिकाले मध्यपूर्वतिर पठाएको छ। सो क्यारिअर स्ट्राइक ग्रुपमा विमानवाहक जहाजका अलावा तीनवटा डेस्ट्रोयर पनि छन्।
इरान छेउछाउ यसअघि नै अर्को विमानवाहक जहाज पुगिसकेको छ। त्यस्तै लडाकु विमानमा इन्धन भर्न प्रयोग गरिने विमानहरू ३० वटा युरोप पुगिसकेका छन्। अब एफ(२२ र एफ(३५ लडाकु विमान पनि पठाउने चर्चा छ।
२०१६ देखि २०१९ सम्म अमेरिकी सेनाको मध्यपूर्व हेर्ने सेन्ट्रल कमान्डका कमान्डर रहेका अवकाशप्राप्त चार तारे जनरल जोसेफ वोटेलले अमेरिकाले सम्भवतः चार वा पाँच बी२ बमवर्षक विमानलाई डिएगो गार्सिया पुर्याउने बताए।
जेरुसलेमस्थित अमेरिकी दूतावासले बुधबार अमेरिकी नागरिकहरूलाई इजरायलबाट निकाल्ने योजना सार्वजकि गरेको छ। एजेन्सी







प्रतिक्रिया दिनुहोस्