ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालखबरको समाचार हटाउने आदेश माथिको बहस सकिएन, भोलि पनि सुनुवाइ


abc news
असार ४, २०८२ बुधबार  ५ : ३२ बजे

काठमाडौ ४ असार । नेपालखबरको समाचार हटाउने आदेशमाथि जिल्ला अदालत काठमाडौँमा भएको बहस बुधबार नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

नेपालखबरको समाचार हटाउन काठमाडौँ जिल्ला अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशबारे न्यायाधीश श्यामविहारी मौर्यको इजलासमा पहिलो दिनको बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले जेठ २७ मा एकपक्षीय सुनुवाइका आधारमा नेपालखबर डटकम र बिजमान्डु डटकमा प्रकाशित धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसम्बन्धी समाचारहरू हटाउन र थप नलेख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दायर गरेको निषेधाज्ञाको निवेदनमा न्यायाधीश शर्माको इजलासले जेठ २७ गते दिएको आदेश निरन्तर हुने कि नहुने भन्ने विषयमा आज बहस सुरु भएको हो।

उक्त आदेशले निरन्तरता पाउने कि नपाउने भन्ने विषयमा छलफल गर्न इजलासले नै आजका लागि पेसी तोकिएको थियो। अदालतले १५ दिनभित्र लिखित जवाफ पनि माग गरेको थियो।

नेपालखबरले अदालतको आदेशबमोजिम लिखित जवाफ पेस गरिसकेको छ। अदालतको आदेशमा असहमति जनाउँदै नेपालखबरले जवाफमा सार्वजनिक पदमा बसेका व्यक्तिहरू सधैँ जनताको निगरानीमा रहने भएका कारण उनीहरूका विषयमा समाचार लेख्ने आफ्नो अधिकारको प्रतिरक्षा गरेको छ।

इजलासमा नेपालखबरका तर्फबाट बहसको नेतृत्व गरेका अधिवक्ता ओमप्रकाश अर्यालले अदालत नै आउन नहुने मुद्दा अदालतमा ल्याइएको जिकिर गरेर उनले प्रेस काउन्सिको क्षेत्राधिकारमा पर्ने विषय अदालतमा पुर्‍याइएकोमा आपत्ति जनाए। उनले श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले उनको काममाथि प्रश्न उठाएर नेपालखबरले जनतालाई सुसूचित गराउने धर्म पूरा गरेको बताए। उनले जनतालाई सुसूचित हुने अधिकारमा अदालतले रोक लगाउन नमिल्ने उनको भनाइ छ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको कामको विषयमा समाचार आएको हो। व्यक्तिगत कामको नभई सार्वजनिक पद धारण गरेको व्यक्तिको कामको विषयमा प्रश्न हो, उनले इजलासमा भनेका थिए, यो मिडियाको धर्मभित्र पर्छ। मिडियाले धर्म पूरा गर्दा जनतालाई सुसूचित गराउँदा अदालतले रोक लगाउन मिल्दैन। प्रेस स्वतन्त्रतामाथि अदालतले यसरी निषेध गर्न मिल्दैन। प्रकाशित भइसकेको समाचार डिलिट गर भन्न पनि मिल्दैन। यो निवेदन खारेज गरियोस्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com