ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्वपश्चिम राजमार्ग बिहानै देखि अवरुद्ध


abc news

काठमाडौ ३ असार । बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्वमा मंगलबार बिहानैदेखि सवारी साधन अवरुद्ध भएका छन्।

पूर्वपश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा बनाइएको वैकल्पिक बाटो ९डाइभर्सन० गएरातिको बाढीले बगाउँदा मंगलबार बिहान चार बजेदेखि नै त्यस क्षेत्रमा सवारी आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपालले जानकारी दिए,।

‘गएरातिदेखि भइरहेको वर्षाले विनयी खोलामा ठूलो बाढी आएको छ,’ डीएसपी नेपालले नेपालखबरसँग भने, ‘अहिले पनि बाढी डाइभर्सनमाथिबाट बगिरहेको छ। बाढी ठूलै भएकाले त्यहाँबाट तत्कालै गाडी चल्न सक्ने अवस्था छैन।’

बाढीको कारण विनयी खोलाको वारिपारी मालबाहक सवारी र ठूला बस रोकिएका छन्। साना गाडीलाई भने होङ्सी सिमेन्ट कारखानको मार्ग, सर्दीहुँदै दुम्किबास बजार निस्किने व्यवस्था मिलाइएको उनले बताए।

तर त्यसरी गएका सवारी साधन पनि नवलपरासी पश्चिममा पर्ने दुम्किबास दाउन्नेको उकालोको हिलाम्मे सडकमा फसिरहेका डीएसपी नेपालको भनाई छ।

दाउन्नेको उकालो सडक हिलाम्मे र चिप्लो भएकाले सवारी साधन सन्चालनमा लामो समयदेखि नै समस्या हुँदै आएको छ। हिलो र चिप्लो सडकमा गाडी चलाउन समस्या भएपछि दुम्किबास क्षेत्रमा अहिले सयौँ सवारी साधन रोकिएका छन्।

नवलपरासी पूर्वमा पर्ने चोरमारा पुल गत वैशाख २९ गते भाँचिएपछि त्यस क्षेत्रमा गाडी सञ्चालनमा समस्या हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com