ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै पार्टीसँग भएको २ बुँदे सहमतिलाई लिएर एमालेका २ नेताले गरे माओवादीको आलोचना


abc news
असार ३, २०८२ मंगलबार  ११ : ११ बजे

काठमाडौ ३ असार । सत्तारुढ एमालेका दुई नेताले अवरुद्ध संसद् खुलाउने विषयमा आफ्नो पार्टी र माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिलाई लिएर माओवादी केन्द्रको उछितो काडेका छन्।

एमालेका पोलिटब्युरो सदस्य सूर्य थापा र केन्द्रीय सदस्य विष्णु रिजालले मंगलबार सामाजिक सञ्जालमार्फत् एमालेसँग माओवादीले गरेको बुँदे सहमतीले माओवादी मात्र नभएर रास्वपा पनि अप्ठ्यारोमा परेको टिप्पणी गरेका हुन्।

एमाले नेता थापाले दुई बुँदे सहमतिले माओवादीको लोकप्रियताको प्वाँख काटिएको टिप्पणी गरेका छन् भने केन्द्रीय सदस्य रिजालले दुई बुँदे सहमतिको टालोले माओवादीले मुख छोपेको भन्दै कटाक्ष गरेका छन्।

‘म त असाध्यै लोकप्रिय भएको छु भन्दै हुलाकी र मध्यपहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख पनि धुलिसातै भयो’ थापाले प्रचण्डप्रति व्यंग्य गर्दै फेसबुकमा लेखेका छन्, ‘आफैँलाई हेर्दै मुस्कुराउँदै दंग पर्दै गरेको ऐना पनि झर्यामझुरुम भयो फेरी हेरेर हाँस्न र रुन नमिल्ने गरी। माओवादी केन्द्रकै नेता कार्यकर्ताले आजकल नेतृत्वको श्रद्धा होइन,श्राद्ध पो गरिरहेका छन्।’

एमालेका अर्का नेता रिजालले दुई बुँदे सहमतिका कारण माओवादी नेतृत्व बाहिर मात्र हैन आफैँभित्र पनि तिव्र रुपमा आलोचित भइरहेको दाबी गरेका छन्।

‘रविजी जेलमा हुनुहुन्छ र उहाँलाई संसद चल्नु र नचल्नुसँग मतलव छैन। संसदमा रास्वपा नेतृत्वविहिन छ र गृहमन्त्रीको राजिनामा मागमा नराम्री फसेको छ,’ रिजालले फेसबुकमा लेखेका छन्, ‘रास्वपाले जति अवरोध गर्छ, त्यति अप्ठेरोमा पर्छ। जब पछि हट्छ, त्यसपछि माओवादीको भन्दा बढी आलोचना हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com