ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न आदेश


abc news
असार २, २०८२ सोमबार  ६ : ५६ बजे

काठमाडौ २ असार । काठमाडौं जिल्ला अदालतले धवलशमशेर राणालाई ३ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा०का सांसद तथा महामन्त्री राणालाई छोड्न आदेश दिएको हो।

गत चैत १५ को तीनकुने घटनाका अभियुक्त राणा आज ९सोमबार० नै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। बकपत्र सकिएलगत्तै राणा इजलासमा थुनछेक बहस सुरु भएको थियो।

५० जना प्रतिवादीमध्ये राणा थुनछेक आदेश आउने ४०औँ प्रतिवादी हुन्। यसअघि छुटेका प्रतिवादीहरुसँग बढीमा एक लाख रुपैयाँ धरौटी माग गरिएको थियो। राणासँग सबैभन्दा बढी धरौटी माग गरिएको हो।

यसअघि थुनामा रहेका ३९ जनामध्ये ३२ जना धरौटीमा रिहा भएका थिए। दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। २०८१ चैत १५ मा राजावादीले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनमा सहभागी राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा लागेको छ।

यसअघि प्रहरीले अनुसन्धान पूरा गरेपछि राणालाई उपचारका लागि भनेर हाजिर जमानीमा रिहा गरेको थियो। त्यसयता प्रहरीको सम्पर्कमा नरहेका उनी आज अदालतमा उपस्थित भएका थिए। रविन्द्र मिश्र भने अदालत उपस्थित हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

सम्बन्धित

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com