ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि प्रयोजनका लागि स्मार्टफोन वितरण


admin
चैत्र १५, २०७४ बिहीबार  १० : ०० बजे

राजविराज, १५ चैत्र । जलवायु तथा वातावरण परिवर्तनबाट देखिने प्रतिकुल असरबाट कृषि क्षेत्रमा पर्नसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले कृषक समूहको छनौट गरी कृषकलाई आवश्यक सामग्री वितरण गरेका छन् । 

जिल्ला कृषि विकास कार्यालय, सप्तरीमा बुधबार आयोजित कार्यक्रममा जिल्लाका ६३ कृषक समूहलाई कृषि प्रयोजनका लागि स्मार्टफोन, सिम, वर्षामापन यन्त्र र थर्मोमिटर प्रदान गरिएको वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले जानकारी दिनुभयो ।

सो अवसरमा प्रदेश नम्बर २ का भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरी जिल्लाका ६३ वटा कृषक समूहलाई स्मार्टफोन, सिम, वर्षामापन यन्त्र र थर्माेमिटर हस्तान्तरण गर्नुभयो ।

कृषि सूचना प्रणालीको माध्यमबाट कृषक, कृषक समुदाय तथा सरोकारवालालाई पूर्व सूचना प्रणालीअन्तर्गत कृषिसँग सम्बन्धित सूचनाहरु प्रवाह गर्ने र अनुकुलनात्मक मौसमलाई सहजीकरण गरी कृषि उत्पादनमा अभिवृद्घि गर्ने उद्देश्यले सो उपकरण वितरण गरिएको वरिष्ठ कृषि अधिकृत यादवले जानकारी दिनुभयो ।

सो क्रममा मन्त्री साहले कृषि प्रयोजनका लागि सहयोग गरिएको उपकरणको सदुपयोग गर्नसमेत कृषक समूहलाई आग्रह गर्नुभयो ।

साथै प्रदेश सरकार सञ्चालन र आर्थिकभार बहन गर्नसक्ने आधार कृषि भएकाले सरकारको प्रमुख प्राथमिकतामा कृषि क्षेत्रलाई राखिएको समेत उहाँले बताउनुभयो ।

नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित जलवायु समुत्थानसम्बन्धी नमुना कार्यक्रमअन्तर्गत कृषि उपकरण वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयबाट बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com