काठमाडौ २ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले दोस्रो दिन पनि संसद्मा नाराबाजी जारी राखेका छन्।
तर, उनीहरुले प्रमुख प्रतिपक्षी नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीका सांसद बोल्दा भने मौन बसेका छन्।
वेलअघि उभिएर नाराबाजी गरिरहेका उनीहरु माओवादी केन्द्रका शक्ति बस्नेत बोल्द पलेटी कसेर बसे। नाराबाजी बन्द गरे। त्यस्तै नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला बोल्दा पनि उनीहरुले त्यस्तै गरे।
रास्वापा सांसदले आइतबारको बैठकमा पनि नाराबाजी गरेका थिए। अर्को प्रतिपक्षी दल राप्रपाले भने संसद् बैठक नै बहिष्कार गरेको छ।








प्रतिक्रिया दिनुहोस्